युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल शेर्पा विद्यार्थी संघका पूर्व अध्यक्ष छिरिङ शेर्पालाई मातृ शोक परेको छ।

पूर्व अध्यक्ष शेर्पाकी आमा लसुङ शेर्पाको बुधबार साँझ काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा ६१ बर्षको उमेरमा निधन भएको हो।

स्वर्गीय शेर्पाको पार्थिव शरीर बिहीबार बिहानदेखि तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रको गुम्बामा श्रद्धाञ्जलीका लागि राखिएको छ।

स्वर्गीय लसुङ शेर्पाको पार्थिव शरीर शुक्रबार बिहान ९ बजे अन्त्येष्टिका लागि जम्बु डाँडा लगिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ।

#TashiTelevision #TashiTV #TashiNews

प्रतिक्रिया

सम्बन्धित खवर