युनिकोड    राशिफल       TashiTelevision                     

पल्मु शेर्पा र सीडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत धरोधर्म सत्यको म्यूजिक भिडियो/भिडिओ सार्वजनिक भएको छ।

आज शुक्रबार गायिका पल्मु शेर्पाको यूट्यूब च्यानल ‘Palmu Sherpa Official’ मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो।

गीतमा नवराज भूमरी आचार्य र सीडी विजय अधिकारीको शब्द रहेको छ। सीडी विजय अधिकारी स्वंयमको संगीत रहेको गीतमा पुष्कर खत्रीको एरेन्ज रहेको छ।

बबिता श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोमा शिल्पा पोखरेल र विमल अधिकारीको अभिनय रहेको छ।

गायिका पल्मु शेर्पाले यस अघि लोसार मेला, नाच्देऊ मैच्याङ तिमी डम्फुको तालैमा, हिमाली छोरी लगायत विभिन्न म्यूजिक भिडियोहरु सार्वजनिक गरेकी छन्।

गायिका पल्मु शेर्पा सौन्दर्य कला व्यवसायी हुन्। नुमुज व्यूटी एण्ड स्किन केयरकी सञ्चालिका समेत रहेकी गायिका पल्मु शेर्पा समाजसेवी र व्यूटीसियनको रुपमा परिचित छिन्। गायिका शेर्पा शेर्पा कलाकार संघ नेपालकी कोषाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर