युनिकोड    राशिफल       TashiTelevision                     

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले गुम्बा निर्माणको लागि ८३ लाख ४७ हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ।

असार १४ गते शुक्रबार जोरपाटीको शेर्पा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी उत्त आर्थिक सहयोग संकलन गरिएको हो।

गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित सुन्दरटोल, जोरपाटीमा निर्माणधिन गुम्बा भवनको लागि सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले सो आर्थिक सहयोग संकलन गरेको हो।

आर्थिक सहयोग संकलन कार्यक्रममा सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका अध्यक्ष समेत रहेका पाँचपोखरी थाङपाल गाँउपालिका-८ ओख्रेनीका बहादुर शेर्पा र ङिङ ग्याल्मु शेर्पा दम्पतीले निर्माणधिन गुम्बाको लागि ५ लाख ५ सय ५९ रुपैयाँ नगद सहयोग गरेका छन्।

त्यस्तै सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका-१ छगामका समाजसेवी फुरिता शेर्पाले ५ लाख रुपैयाँ नगद सहयोग गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोक जिल्ला भोटेकोशी-१ छगामका समाजसेवी तथा नेपाली कांग्रेसका नेता लाक्पा ठिलेन शेर्पाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। लाक्पा ठिलेन शेर्पा गुम्बा निर्माण आर्थिक समितिका संयोजक समेत हुन्।

पाँचपोखरी थाङपाल गाँउपालिका-८ ओख्रेनीका बौद्व धर्म गुरु डा. टाशी छिरिङ शेर्पाले ५ लाख ५ सय ७१ रुपैयाँ सहयोग प्रदान गरेका छन्।

जुगल गाँउपालिका-३ क्याङसिङका फुपी शेर्पा र लोप्साङ शेर्पा बाबु-छोराले ५ लाख रुपैयाँ नगद सहयोग गरेका छन्।

जुगल गाँउपालिका-३ क्याङसिङका ङवाङ लामा र फुपुलमु शेर्पा आमाछोरीले पनि ५ लाख रुपैयाँ सहयोग गरेका छन्।

जुगल गाँउपालिका-३ सिन्धुर्चेका कर्साङ शेर्पा र च्याङबुटी शेर्पा दम्पतीले ५ लाख ५ सय रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका-१ छगामका पासाङ लमु शेर्पा र पेमा शेर्पा दम्पती बाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएका छन्।

जुगल गाँउपालिका-३ तेम्बाथान बाट छोरी साङ डोमा शेर्पाको सहयोगमा पासाङ नुर्पु शेर्पा र ल्हाठी शेर्पा दम्पतीले निर्माणधिन गुम्बाको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

मेलम्ची नगरपालिका मुलखर्कका कर्पु शेर्पाले ५ लाख १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

त्यस्तै छोरी जेसाङडोमा शेर्पाको सहयोगमा  जुगल गाँउपालिका ३ क्याङसीङका फुर्पा नुर्पु शेर्पा र फुर्पा ल्हामु शेर्पा दम्पतिले ५ लाख ६६ रुपैयाँ नगद सहयोग गरेका छन्।

जुगल गाँउपालिका-३ क्याङसिङका कामी शेर्पाले २ लाख रुपैयाँ सहयोग गरेका छन्।

आर्थिक सहयोग संकलन कार्यक्रममा सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले नयाँ संरक्षक र आजीवन सदस्यता वितरण बाट पनि निर्माणधिन गुम्बाको लागि आर्थिक सहयोग जुटाएको छ।

२४ जना संरक्षक र १६ जना आजीवन सदस्यता शुल्क मार्फत ९ लाख ७५ हजार १० रुपैयाँ संकलन गरिएको सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले जनाइएको छ।

ईन्जिनियरका अनुसार उक्त गुम्बाको अनुमानित लागत ३ करोड ६७ लाख रुपैयाँ रहेको छ।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौको निर्माणधिन गुम्बा भवन

गुम्बा निर्माण समितिका अनुसार गुम्बामा कान्ग्युर-तेन्ग्युर राख्न, मूर्तिहरु राख्न, कम्पाउण्ड र प्रवेश द्वारको निर्माण, गजुर निर्माण तथा फर्निचर लगायत विभिन्न सामाग्रीहरुको लागि थप १ करोड ३ लाख गरी कुल ४ करोड ७० लाख रुपैयाँको अनुमानि लागत रहेको छ।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका अध्यक्ष बहादुर शेर्पाले उत्साहजनक रुपमा आर्थिक सहयोग संकलन भएको बताउदै खुशी व्यक्त गरे। अध्यक्ष शेर्पाले टाशी टेलिभिजन संग प्रतिक्रिया दिँदै गुम्बा परिसरमा रहेको थप जग्गा खरिद गर्ने योजना पनि सुनाए।

प्रचार प्रसार प्रमुख पेम्बा ग्याल्जेन शेर्पाले गुम्बाको निर्माण कार्य ३० प्रतिशत सम्पन्न भएको जानकारी दिँदै पुन आर्थिक सहयोग संकलनको कार्यक्रम आयोजना गर्नु पर्ने आवश्यक्ता ‌औल्याए।

कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक समिति संयोजक लाक्पा ठिलेन शेर्पा ‘हिमाली कान्छा’ ले बज्रगुरु लगायत विभिन्न धार्मिक कार्यक्रमहरु बाट बचेको पैसाले जग्गा खरिद गरि गुम्बा निर्माण कार्यको सुरुवात भएको बताए।

सहयोगी दाताहरुलाई धन्यवाद दिंदै बौद्ध धर्म गुरु डा. टाशी छिरिङ शेर्पाले दान मानव जीवनमा सबै भन्दा ठूलो धर्म भएको बताए। बौद्ध धर्म गुरु डा. टाशी छिरिङ शेर्पाका अनुसार सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौको गुम्बा भवन बाट बौद्ध धर्म, शिक्षा, संस्कार र संस्कृतिको प्रवर्द्धन हुनेछ।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका महासचिव नुर्वु शेर्पाले सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्दै सिन्धुपाल्चोक जिल्लामा रहेको विभिन्न पालिकामा गएर निर्माणधिन गुम्बाको लागि थप आर्थिक सहयोग संकलन गर्ने बताएको छ।

महासचिव शेर्पाले विश्वभरी छरिएर रहेका सिन्धुपाल्चोकवासीलाई टाशी टेलिभिजन मार्फत आर्थिक सहयोगको अपिल समेत गरेका छन्।

क्यूआर कोड मार्फत सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौको निर्माणधिन गुम्बालाई सहयोग गर्नुहोस। 

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका सल्लाहकार नुर्वु शेर्पाले आर्थिक मन्दीको बेलामा पनि राम्रो आर्थिक सहयोग संकलन भएको बताउदै मन र धन दुबै भएको स्वच्छ छविको व्यक्तित्व बहादुर शेर्पाको नेतृत्वमा संस्थाले गुम्बा निर्माणको महत्वपूर्ण कार्य गरिरहेको बताए। गुम्बा निर्माणमा सरकारको लगानि नभएको बताउदै सल्लाहकार शेर्पाले दुखेसो पोखे।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका वरिष्ठ उपाध्यक्ष लान्जम शेर्पाले गुम्बा निर्माणको लागि सरकारी सहयोगको लागि पहल गर्ने जानकारी दिंदै गाँउ-गाँउमा, टोल-टोलमा गुम्बा तथा सामुदायिक भवनहरु हुनु राम्रो कुरा भएको बताइन्।

नेपाल शेर्पा विद्यार्थी संघ अध्यक्ष छिरिङ शेर्पाले सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाँउ बाट काठमाण्डौ आएर बसोबास गरिरहेका शेर्पाहरुलाई एक गराउनको लागि सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले भवन निर्माणको अवधारणा ल्याएको प्रतिक्रिया दिएको छ।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका सदस्य ग्युर्मे शेर्पाले निर्माणधिन गुम्बाको लागि सेलाङकट्टी शेर्पा परिवारको तर्फ बाट ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन लागेको जानकारी दिएको छ।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौ निर्माणधिन गुम्बा भवन वि.स. २०८० साल माघ ११ गते बौद्व धर्म गुरु मेमे नवाङ तेन्जिङ रिन्पोछे द्वारा सिलान्यास गरिएको थियो।

आर्थिक सहयोग संकलन कार्यक्रम  गुम्बा निर्माण आर्थिक समिति   संयोजक समेत रहेका समाजसेवी लाक्पा ठिलेन शेर्पा ‘हिमाली कान्छा’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

    

     

             IMG_2939  

                          

 

प्रतिक्रिया

सम्बन्धित खवर