नेपाली कांग्रेस दोलखाकी नेतृ छिरिङ डोल्मा शेर्पाको नाम समानुपातिक तर्फ संघीय संसद सदस्य बन्दसूचीको २३ औँ नम्बरमा समावेश भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूची अनुसार उनी आदिवासी जनजाति महिलातर्फ ७ औँ तथा समग्र सूचीको २३ औँ स्थानमा परेकी हुन्।
कांग्रेसको १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्यमा निर्वाचित शेर्पा पार्टी संगठन, पर्यटन प्रवर्द्धन र सामाजिक सेवामा सक्रिय रहँदै आएकी छन्।
सामाजिक सेवामा सक्रिय शेर्पा शिक्षा, महिला सशक्तीकरण, युवा उद्यमशीलता तथा आदिवासी जनजाति समुदायका हक–अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी छन्।
यही योगदानका आधारमा नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिले आदिवासी जनजाति कोटाबाट उनको नाम समानुपातिक सूचीका लागि केन्द्रमा सिफारिस गरेको थियो।
छिरिङ डोल्मा शेर्पाको नाम समावेश भएसँगै संघीय संसद प्रवेशको उच्च सम्भावना बढेको छ। यसले कांग्रेसभित्र युवा, महिला तथा आदिवासी जनजाति समुदायको प्रतिनिधित्व थप सशक्त हुने अपेक्षा गरिएको छ।
