युनिकोड    राशिफल       TashiTelevision                     

चलचित्र निर्माता तथा कलाकार फरा देण्डी लामा शेर्पा र ङिम दिकी टाक्तो लामा शेर्पा दम्पतीका सुपुत्र आङ टावा लामा शेर्पा विवाह बन्धनमा बाँधिएका छन्। आङ टावाले ललितपुर स्थित बज्रबाराहीकी निरुता महर्जन संग बुधबार काठमाण्डौमा विवाह गरेका हुन्।

विगत ५ वर्ष देखि प्रेम सम्बन्धमा रहेका आङ टावा लामा शेर्पा र निरुता महर्जनको विवाह भएको हो। मंसिर २७ गते आर्य शतसाहस्रिका प्रज्ञापारमिताको पाठ गरी उक्त विवाह भएको हो।

विवाहमा आङ लाक्पा लामा शेर्पा, पासाङ डोल्मा शेर्पा, आङ टावा लामा शेर्पा र निरुता महर्जन लामा शेर्पाले शील, समाधि र प्रज्ञाले सम्पन्न गुम्बाका भिक्षुहरुलाई आमन्त्रण गरी आर्य शतसाहस्रिका प्रज्ञापारमिताको पाठ गराई संघदान दिएर भगवान बुद्ध संग आशीर्वाद मागेका थिए।

नेवारी परम्परा अनुसार विवाह गर्दै आङ टावा लामा शेर्पा र निरुता महर्जन

मंसिर २७ गते पारमिताको पाठ र २९ गते बेहुली भित्रिने कार्य सम्पन्न भए पश्चात मंसिर ३० गते काठमाण्डौको सरस्वतिनगर स्थित ए वान क्याफे एण्ड पार्टी भेन्यूमा रात्री भोजको आयोजना गरिएको थियो।

सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको बाक्लो उपस्थिति थियो।

रात्री भोजमा वरिष्ठ गायक लाक्पा शेर्पा, चलचित्र निर्देशक सागर सुब्बा, मिस नेपाल नर्थ अमेरिका जुबिली शेर्पा, गायक सोनाम ग्याल्छो शेर्पा, नेपाल शेर्पा संघका केन्द्रीय कोषाध्यक्ष आङ काजी शेर्पा, बौद्ध धर्म गुरु लामा ङवाङ सांगे शेर्पाको उपस्थिति रहेको थियो।

त्यस्तै नेपाली कांग्रेसका प्रदेश नं १ केन्द्रीय निर्वाचन कमिटि सदस्य तथा प्रदेश सभा सदस्य आङ बाबु लामा शेर्पा, शेर्पा कलाकार संघ नेपालका अध्यक्ष छोङबा शेर्पा, चलचित्र निर्माता निमा लामा शेर्पा, बाल कलाकार लइङ शेर्पा र पर्यटन व्यवसायी गम्बु शेर्पा लगायतको उपस्थिति रहेको थियो।

वैवाहिक समारोहमा कार्यक्रम प्रस्तोताको रुपमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकी महासचिव छोटी शेर्पाले भूमिका निर्वाह गरेकी थिइन्।

रात्रीभोज कार्यक्रममा शेर्पाहरुको मौलिक स्याब्रु नृत्य लगायत विभिन्न सांगीतिक प्रस्तुतीहरुले विवाहको रौनकता थपेको थियो।

शेर्पा संघ अमेरिकाका सल्लाहकार, चलचित्र निर्माता तथा कलाकार समेत रहेका संयुक्त राज्य अमेरिका न्यूयोर्क निवासी काठमाण्डौ बौद्धका फरा देण्डी लामा शेर्पाले  नेवारी र शेर्पा परम्परा अनुसार सम्पन्न भएको आफ्नो छोराको विवाहको बारेमा टाशी टेलिभिजन संग प्रतिक्रिया दिंदै नेवारी संस्कृति अनुसार बेहुला पक्षलाई अत्यन्तै राम्रो आतिथ्य संस्कारका साथ उच्च सम्मान गरेको भन्दै खुशी व्यक्त गरे।

बेहुलीका पिता धन बहादुर महर्जन र माता चिरीमाया महर्जनको नाम लिंदै कलाकार शेर्पाले समस्त महर्जन परिवार र सम्पूर्ण आफन्तजनलाई हार्दिक धन्यवाद व्यक्त गरे।

आङ टावा लामा शेर्पा र निरुता महर्जन लामा शेर्पा अस्ट्रेलियाका स्थायी बासिन्दा हुन्।

आङ टावाले अस्ट्रेलिया बाट प्रोफेसनल एकाउन्टिङ र बिजनेश एडमिनिस्ट्रेशन दुबै विषयमा मास्टर उत्तीर्ण गरेका छन् भने निरुताले नर्सिङमा स्नातक तह उत्तीर्ण गरेकी छन्।

शेर्पा पोसाकमा आङ टावा लामा शेर्पा र निरुता महर्जन लामा शेर्पा

बायाँ बाट क्रमश श्रीमती निरुता महर्जन लामा शेर्पा र माता ङिम दिकी टाक्तो लामा शेर्पा संग आङ टावा लामा शेर्पा

बौद्ध भिक्षुहरु आर्य शतसाहस्रिका प्रज्ञापारमिताको पाठ गर्दै

 

 

 

                               

 

प्रतिक्रिया

सम्बन्धित खवर