युनिकोड    राशिफल       TashiTelevision                     

काठमाण्डौको चुच्चेपाटी स्थित नेपाल ट्रुङराम गुम्बामा १० करोड मणिजप कार्यक्रम सुरु भएको छ।

बुधबार ट्रुङराम ग्याल्टुल रिन्पोछेले श्रद्धालु भक्तजनहरुलाई अवलोकितेश्वरको वाङ प्रदान गरे पश्चात मणिजप कार्यक्रमको सुरुवात भएको हो।

सागा दावाको पावन अवसरमा हिमालयन मेरिट  कमिटिले सो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्रुङराम ग्याल्टुल रिन्पोछेले मणिजप गर्दा मनमा करुणा हुन पर्ने बताए, “जति हामी संग करुणा बढ्दै गयो त्यति हाम्रो डर घट्दै जान्छ। किन भने करुणा भएको मान्छेले आफू भन्दा अरुको लागि सोच्छ । धेरै जसो अरुको लागि सोच्ने भयो भने त्यति डर हुदैँन। आफूलाई मात्र सोच्यो भने डर बढ्दै जान्छ।”

रिन्पोछेले वाङ बज्रयान र महायान बौद्ध धर्ममा मात्र हुने बताउदै वाङ तीन किसिमको हुने बताए। रिन्पोछेका अनुसार तीन किसिमका वाङ काय, वाक र चित्त हुन्।

ट्रुङराम ग्याल्टुल रिन्पोछे

हिमालयन मेरिट कमिटिका महासचिव आङ दोर्जे शेर्पाले टाशी टेलिभिजन संग कुरा गर्दै दैनिक विहान ७ बजे देखि बेलुका ४ बजेसम्म १० करोड मणिजप कार्यक्रम सञ्चालन भइरहेको बताए।

महासचिव शेर्पाका अनुसार विश्व शान्तिको कामना गर्दै २७ औं मणिजप कार्यक्रम आयोजना भएको हो।

हिमालयन मेरिट कमिटिका कोषाध्यक्ष मावङ दोर्जे शेर्पाले मणिजप कार्यक्रम २५ दिन भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिएकोछ।

ट्रुङराम ग्याल्टुल रिन्पोछेको संस्था युनाइटेड ट्रुङराम बुद्धिष्ट फाउण्‍डेशन(UTBF) द्धारा आयोजित १० करोड मणिजप कार्यक्रम यूटीबीएफको हिमालयन मेरिट कमिटिले व्यवस्थापन गरेको हो।

कार्यक्रमका व्यवस्थापक हिमालयन मेरिट कमिटिले  विक्रम सम्वत २०५२ साल देखि  बार्षिक रुपमा सागा दावाको अवसरमा १० करोड मणिजप कार्यक्रमको आयोजना गर्दै आएको छ।

हिमालयन मेरिट कमिटीले  हाल सम्म २७ पटक मणि जप कार्यक्रम आयोजना गरिसकेको छ।

२०७७/०७८ सालमा मणिजप कार्यक्रम नहुदाँ कमिटिले कोभिढ महामारीको चपेटामा परेका दुखी पीडितहरुलाई राहत स्वरुप आर्थिक सहयोग वितरण गरेका थिए।

अवलोकितेश्वरको वाङ

अवलोकितेश्वर अर्थात करुणाको देवता जस्लाई हिमाली भेगका शेर्पा लगायत सम्पूर्ण बौद्ध धर्मलम्बीहरुले आफ्‍नो इष्टदेवको रुपमा मान्दछन्।

फाग्पा चेनरेसिक भन्नाले करुणामय देवता आर्य अवलोकितेश्वरलाई जनाँउदछ । यस्को शाब्दिक अर्थ सबै प्राणीहरुलाई सम्मान दृष्टिले हेर्ने देवता भन्ने जनाँउदछ।

लोकेश्वर १ मुख र ४ हात भएको पनि हुन्छ । त्यस्तै ११ मुख हजार हात र हजार आँखा भएको लोकेश्वर हुन्छ।

जुनसुकै गुम्बा तथा मानेहरुमा हुने ‌ओम मणि पद्मे हुँ भन्ने मन्त्र अवलोकितेश्वर हो। लोकेश्वरको यो मन्त्र जप गर्नाले ६ लोकका दुखहरु शमन भएर जाने धार्मिक विश्वास रहेको पाइन्छ।

अवलोकितेश्वरको वाङ लिए पछि रोग व्याधि हट्ने, पाप शोधन भएर जाने, पुण्य वृद्धि भएर जाने, अकाल मृत्यु बाट बच्ने, युद्ध र अनिकाल शमन भएर जाने जस्ता फाइदाहरु बौद्ध शास्त्रमा उल्लेख गरिएको पाइन्छ।

लोकेश्वरको वाङ अर्थात अभिषेक ४ तन्त्र मध्ये क्रियातन्त्र अन्तर्गत पर्ने भएकाले यो अभिषेक ग्रहण गर्दा माछा-मासु, लसुन, प्याज र मादक पदार्थको सेवन वर्जित गरिएको हुन्छ।

१० करोड माथिको मणिजप

मणि धुन्ग्यूरु अर्थात १० करोड माथिको मणिजप हिमाली भेगहरुमा प्राचिन काल देखि जप्दै आएको पाइन्छ।

१० करोड मणिजप गर्दा महायानी बौद्धमा प्रवेश पाउनु, पहिलो जन्ममा भएका सबै पापहरु कट्टी हुनु, प्राण घातक रोग समेत निको भएर जाने र पुण्य वृद्धि भएर जाने जस्ता फाइदाहरु रहेका छन्।

मणिजप गर्दा दुर्गतिमा पतन हुने सबै ढोकाहरु बन्द भएर सुखवति भुवनमा जन्म हुने निश्चित छ भनि बौद्ध शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ।

को हुन्  ट्रुङराम ग्याल्टुल रिन्पोछे ?

ट्रुङराम ग्याल्टुल रिन्पोछे ट्रुङराम वंशका प्रमुख र बौद्ध धर्मको काग्यु वंशको सर्वोच्च टुल्कुहरु मध्येका एक हुन्।

उनी पीएचडी हासिल गर्ने पहिलो अवतारी लामा हुन्। अमेरिकाको हार्वर्ड युनिभर्सिटी बाट इन्डो-टिबेट बौद्ध अध्यनमा उनले पीएचडी गरेका हुन्।

बौद्ध शिक्षाको विस्तारका लागि रिन्पोछेले एसिया र संयुक्त राज्य अमेरीकाभर विभिन्न संगठनहरु स्थापना गरेका छन्।

नेपाली शेर्पा परिवारमा जन्मेका ट्रुङराम ग्याल्टुल रिन्पोछे चौथो ट्रुङराम ग्याल्वा रिन्पोछेको रुपमा १६ औं कर्मपाले पहिचान गरेका थिए।

 

ट्रुङराम ग्याल्टुल रिन्पोछेको प्रवचन

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर