युनिकोड    राशिफल       TashiTelevision                     

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन्।  उमा २ हजार ८ सय ५ मतसहित विजयी भएकी हुन्। उनी माओवादी उम्मेदवार निम्लेकी शेर्पालाई २ सय ५ मतान्तरले हराउँदै विजयी भएकी हुन्।

निकटतम् प्रतिद्वन्द्वी रहेकी माओवादी केन्द्रकी निम्लेकी शेर्पाले २ हजार ६ सय मत ल्याइन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७ सय २७ मत ल्याएकी छन्।

राप्रपाकी मानकुमारी श्रेष्ठले ११८, रास्वपाकी गोमा श्रेष्ठले १ सय र एकीकृत समाजवादीकी रविना खड्काले ९० मत प्राप्त गरेका छन्।

आइतबार सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनमा ७ हजार ५ सय ९० मत खसेकोमा ११० मत बदर भएको निर्वाचन आयोगले जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर