युनिकोड    राशिफल       TashiTelevision                     

इन्जिनियर आङ निमा शेर्पा ‘डेविट’ले नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

संघको १५ औँ राष्ट्रिय महाधिवेशनको तयारी भइरहेका बेला शेर्पाले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

इन्जिनियरिङ पृष्ठभूमिका शेर्पाले विद्यार्थी हित, संगठन सुदृढीकरण र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएको बताएका छन्। “भावनाले होइन, ज्ञानले नेतृत्व गरौँ” भन्ने नारासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।

नेपाल शेर्पा विद्यार्थी संघको क्याम्पस इकाई हुंदै केन्द्रीय सदस्यकाे भूमिका निर्वाह गरिसकेका डेविट हाल संघको केन्द्रीय सचिवको रुपमा क्रियाशील छन्।

नेपाल शेर्पा विद्यार्थी संघको १५ औँ राष्ट्रिय महाधिवेशन माघ ३ गते काठमाडौंको शेर्पा पार्टी प्यालेसमा हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर