सिन्धुपाल्चोक जिल्लालाई प्रतिनिधित्व गर्दै नेपाल शेर्पा विद्यार्थी संघको आसन्न राष्ट्रिय महाधिवेशनका लागि नुर्पु शेर्पाले उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको अध्यक्ष समेत रहेका शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन्।
केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार नुर्पु शेर्पाले औपचारिक शिक्षा सहित सिपमुखी र संस्कारयुक्त शिक्षा प्रणालीलाई संगठनको प्रमुख एजेन्डा बनाउने उल्लेख गरेका छन्।
जिल्ला तहमा हासिल गरेको अनुभवलाई केन्द्रीय तहमा रूपान्तरण गर्दै संगठनलाई नीतिगत र व्यवहारिक रूपमा सबल बनाउने नुर्पुको प्रतिवद्धता रहेको छ।
संघको केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार नुर्पु शेर्पाले लामो समयदेखि विद्यार्थी हकहित, संगठन निर्माण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
सामाजिक गतिविधिमा निरन्तर सक्रियता तथा उपस्थिति र स्पष्ट धारणाका कारण शेर्पा युवा विद्यार्थीहरु माझ नुर्पु शेर्पा लोकप्रिय छन्।
नेपाल शेर्पा विद्यार्थी संघको राष्ट्रिय महाधिवेशन माघ ३ गते काठमाडौंको शेर्पा पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रम रहेको छ। सो महाधिवेशन मार्फत संघको नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ।

