डा. पासाङ काजी लामाले ललितपुरको महांकाल गाउँपालिका-२, मानीखेलका बाढीपहिरो पीडित ४४ परिवारलाई जस्तापाता वितरण गरेको छ।
पाइला पाइलाको आशा तथा केटाकेटी एभिनियरका संस्थापक अध्यक्ष समेत रहेका समाजसेवी लामाले पीडित परिवारलाई ५ लाख रुपैयाँको जस्तापाता वितरण गरेको हो।
नेपाल तरुण दलको समन्वयमा डा. पासाङ काजी लामाले पीडित परिवारलाई सो जस्तापाता सहयोग प्रदान गरिएको हो।
सहयोग वितरण कार्यक्रमलाई सम्वोधन गर्दै डा. पासाङ काजी लामाले आफूले वितरण गरेको जस्तापाताले स्थानीयलाई केही राहत दिएको बताएका छन्।
महांकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीले सहयोगको लागि पाइला पाइलाको आशा संस्थालाई आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको आग्रह गरे।
महांकाल गाउँपालिका वडा नं २का अध्यक्ष जोनी कुमार न्यासुरले पाइला पाइलाको आशाको सामाजिक सेवाको चर्चा गर्दै डा. पासाङ काजी लामालाई धन्यवाद दिए।
सो अवसरमा वडाध्यक्ष न्यासुरले बाढीपहिरोका कारण खानेपानीको समस्या उत्पन्न भएको जानकारी दिँदै दाताहरूलाई सहयोगको अपिल गरेका छन्।
नेपाल तरुण दलका केन्द्रीय सदस्य अशोक झाले डा. पासाङ काजी लामा विश्वकै आकर्षक व्यक्तित्व भएको बताँउदै बाढीपीडित परिवारको पुनर्स्थापना र सहयोगमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
जस्तापाता सहयोग पाउनेमा मानिखेलका ठोस्नेखोला, लक्ष्यबास, खोरभञ्ज्याङ, कागती डाँडा, खैरीखेल, रिगिनदोभान लगायतका ३८ घरधुरी रहेका छन्।
महांकाल गाउँपालिकामा गत असोज ११ र १२ गतेको भारी बर्षपछिको बाढी पहिरोका कारण १३ जनाको ज्यान गएको र सयौं घर विस्थापित भएको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा विगत २५ बर्ष देखि डा. पासाङ काजी लामाले महत्वपूर्ण योगदान पुर्याउदै आएका छन्। विशेष गरी डाक्टर लामाले हिमाली क्षेत्रको बालबालिकालाई लक्षित गरी विभिन्न सामाजिक सेवाको परियोजनाहरु सञ्चालन गरिरहेका छन्।
पाइला पाइलाको आशा र ‘KetaKeti Avenir ’ फाउन्डेशन मार्फत स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उनले महत्वपूर्ण सहयोग गरिरहेका छन्। सो फाउण्डेशन मार्फत सोलुखुम्बु जिल्लामा ७० जना बालबालिकाहरुलाई गाँस, बाँस र कपासको प्रबन्ध सहित शिक्षा दिक्षाको व्यवस्था डाक्टर लामा मार्फत भइरहेको छ।
डा. पासाङ काजी लामाले देशका कुना काप्चामा पुगेर विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पोसाक तथा शैक्षिक सामाग्री सहयोग गरेका छन्। डा. लामाले डोल्पा देखि सोलुखुम्बु सम्मका हिमाली बालबालिकाहरुलाई पोसाक तथा शैक्षिक सामाग्री वितरण गर्दै आएको छ।
डा. पासाङ काजी लामाले हालै मुस्ताङ जिल्लाको ४ सय १० जना विद्यार्थीहरुलाई विद्याल पोसाक वितरण गरेका छन्। पोसाक पाउनेमा जिल्लाको तुकुचे स्थित श्री योगेन्द्र माध्यमिक विद्यालयका दुई सय जना र कागबेनी स्थित श्री जनशान्ति माध्यमिक विद्यालयमा अध्यनरत २ सय १० जना विद्यार्थीहरु रहेका छन्।
विगत लामा समय देखि विभिन्न स्वास्थ केन्द्रहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका डा. पासाङ काजी लामाले हाल सोलुखुम्बु जिल्लामा अर्थोपेडिक हस्पिटलको निर्माण गरिरहेको छ। डा. लामाका अनुसार सो अस्पतालको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ।
समाजसेवी लामाले कोभिड महामारी, भूकम्प र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा प्रभावित व्यक्तिहरूलाई राहत वितरण गरेर विपत्तिमा ठूलो मानवीय योगदान गरेका छन्। उनको यो कार्यले पीडितहरूको जीवनमा आशा र सहारा दिएको छ।
राहत सामग्रीको वितरणले प्रभावित समुदायलाई पुनर्निर्माण र सुधारमा मद्दत गरेको छ। जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यसका लागि डा. पासाङ काजी लामाको निरन्तर प्रयास र समर्पण प्रशंसनीय छ।
डा. पासाङ काजी लामा नेपाली समाजमा एक प्रेरणादायक व्यक्तित्वका रूपमा सुपरिचित छन्। उनको समाज सेवा र परोपकारी कर्मले धेरैको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
