शेर्पा संघ अमेरिकाले नेपाली कांग्रेसका नेता तथा समाजसेवी जिप छिरिङ लामा शेर्पालाई सम्मान गरेको छ । अमेरिकाको न्यूयोर्क ज्याक्सन हाइट स्थित शेर्पा किदुगको गुम्बामा १६ जुलाईमा शेर्पा संघ अमेरिकाको अध्यक्ष पासाङ दोर्जी शेर्पा ‘एपी लामा’को अध्यक्षतामा आयोजित कार्यक्रममा नेता शेर्पालाई सम्मान गरेको हो ।
समाजसेवा र राजनीतिक क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरी समाज र राष्ट्रको विकासमा अतुलनीय योगदान दिएको भन्दै शेर्पा संघ अमेरिकाले कांग्रेस नेता शेर्पालाई उक्त सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता जिप छिरिङ लामा शेर्पाले अमेरिकामा शेर्पा संघ अमेरिकाको आफ्नै भवन आवश्यक भएको बताएका छन् ।
सो क्रममा संघको भवन निर्माण तथा खरिदका कार्यका लागि आवश्यक सहयोग गर्ने नेता शेर्पाले बताए । समुदायको विभिन्न कार्यक्रम गर्नको लागि भवनको आवश्यक्ता भएको बताउँदै नेता शेर्पाले सबैलाई सहयोगको अपिल समेत गरेका छन् ।
शेर्पा संघ अमेरिकाको अध्यक्ष पासाङ दोर्जी शेर्पा ‘एपि लामा’ले शेर्पा संघ अमेरिकाले आफ्नै भवन खरिद कार्यको प्रारम्भ गर्ने तयारी गरिरहेको बताएका छन् ।
अमेरिकामा रहेका शेर्पा समुदायको अपेक्षा तथा चाहना अनुसार नेपाली कांग्रेसका नेता जिप छिरिङ लामा शेर्पाले नेपालको संघीय सरकारको मन्त्रीको रुपमा शेर्पा संघ अमेरिकाको भवन उद्घाटन गर्नु पर्ने अध्यक्ष शेर्पाको कथन रहेको छ ।
राजनीति र सामाजिक क्षेत्रमा ५ दशक भन्दा बढी अतुलनीय योगदानको कदर गर्दै सभाषद शेर्पालाई आउने दिनमा राष्ट्रले सभासद मात्र होइन मन्त्री बनाई राष्ट्र निर्माणको जिम्मेवारी दिनु पर्नेमा शेर्पा संघ अमेरिकाको अध्यक्ष ‘एपि लामा’ले जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद जिप छिरिङ लामा शेर्पा मनकारी, दानवीर, परोपकारी, विकासप्रेमी नेताको रुपमा सुपरिचित नाम हो । नेता शेर्पाले सामाजिक सेवा मार्फत अतुलनीय योगदान दिएका छन् ।
शेर्पा संघ अमेरिका अमेरिकामा अमेरिकी राजनीतिक चेतनाको विकास तथा सहभागिता लगायतको गतिविधि गर्न पाउने गरी दर्ता भएको संस्था हो । अमेरिका भरका शेर्पाहरुलाई अमेरिकी मूलधारको राजनीतिमा सहभागी गराउनका लागि सन् २०१७ मा शेर्पा संघ अमेरिकाको स्थापना भएको थियो ।
अमेरिकामा रहेका शेर्पा समुदायमा सामाजिक र राजनीतिक चेतना जगाउने उद्देश्यले स्थापना गरिएको यो संस्था अमेरिकी कानून अन्तर्गत ५०१(सी)४ को रूपमा दर्ता रहेको छ ।
सम्मान कार्यक्रममा विषेश अथितिहरु लुम्बिनी बिकास कोष नेपालका पूर्व सदस्य सचिव आङ दावा शेर्पा, शेर्पा संघ अमेरिकाका सल्लाहकार तथा नेपाल शेर्पा संघका सहकोषाध्यक्ष बाबु काजी शेर्पा, शेर्पा संघ अमेरिकाका संस्थापक अध्यक्ष ङिमा शेर्पा, निवर्तमान अध्यक्ष आङ जाङबु शेर्पा, शेर्पा संघ अमेरिका NRNA न्यूयोर्क च्यापटरका अध्यक्ष आङ छिरिङ शेर्पा, जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङ, शेर्पा किदुग अमेरिकाका पूर्व महासचिव एवं शेर्पा संघ अमेरिकाका सल्लाहकार आङ तेन्डी शेर्पा, अपस्टेट शेर्पा कम्युनिटीका पूर्व अध्यक्ष छिरिङ गर्जा शेर्पा, शेर्पा किदुग अमेरिकाका अध्यक्ष तेम्बा शेर्पाले मन्तव्य राखेका थिए ।
त्यस्तै यूएस नेपाल क्लाइम्बर्स एशोसियसनका अध्यक्ष पासाङ निमा शेर्पा, दोलखा श्यामा शेर्पा समाजका अध्यक्ष दावा शेर्पा, नेपाने युवा क्लबका अध्यक्ष छेवाङ लामा शेर्पा, कोशीपार समाजका अध्यक्ष आङ देण्डी शेर्पा, रामेछाप शेर्पा समाजका अध्यक्ष रिन्जी शेर्पा, संखुवासभा शेर्पा समाजका अध्यक्ष पासाङ निमा शेर्पा, जीटीकेटी शेर्पा समाजका अध्यक्ष आङ भाई शेर्पा, चलचित्र निर्माता तथा कलाकार फरा देण्डी लामा शेर्पा र अमेरिका स्थित न्यूर्योकको लागि निवर्तमान सद्भावना पर्यटनदूत केशव राम राई लगायतले मन्तव्य राखेका थिए ।




















