बुधबार गौशाला बाट प्रहरी गिरफ्तारीमा परेका जनता समाजवादी पार्टीका नेता आङ काजी शेर्पा रिहा भएका छन् ।
पृथ्वी जयन्तीको विरोध गर्दै आएका जनता समाजवादी पार्टीका नेता आङ काजी शेर्पा र रोज मोक्तानलाई प्रहरीले बिहान १०:३० बजे नियन्त्रणमा लिएर बेलुका ७:३० बजे रिहा गरेका हुन् ।
२१ औ शताब्दीको नेपालको राष्ट्रिय एकताको आधार बहुजाति, बहुभाषा, बहुभेष, बहुधर्म हुनु पर्ने नेता शेर्पाको माग रहेको छ ।
शासकको भाषा, धर्म र भेष मात्र राष्ट्रिय एकताको आधार हुन नसक्ने भन्दै नेता शेर्पाले पृथ्वी जयन्तीको विरोध गर्दै आइरहेका छन् ।
पृथ्वी नारायण शाह फौजी बलमा भूगोलको एकीकरण गर्ने विस्तारवादी शासक मात्र भएकाले राष्ट्रिय एकताको प्रतिक हुन नसक्ने नेता शेर्पाको जिकिर रहेको छ ।
