युनिकोड    राशिफल       TashiTelevision                     

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ।

आयोगको आइतबार बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका -३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी सोही गाउँपालिका -६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका -३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो।

गत मङ्सिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएकाले उल्लेखित केन्द्रहरुको मतदानमा अनधिकृत कब्जा भई मतदानको कार्यमा निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुदाँ मङ्सिर ४ मा भएको मतदान रद्द गरी यही मङ्सिर १५ गते भित्र पुनः मतदान सम्पन्न गराउन आयोगले निर्णय  गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर