युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल शेर्पा संघ १ नं. प्रदेश समितिको दोस्रो अधिवेशनको रुपान्तरण कार्यक्रम सम्पन्न भएको छ। जेठ ३ गते शनिबार सुनसरीको धरान स्थित हिमालयन महायान देक्षेन क्षोलिङ गुम्बाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो।

नेपाल शेर्पा संघका उपाध्यक्ष समेत रहेका प्रदेश १ का अधिवेशन संयोजक तेन्जी शेर्पाको संयोजन र कोशी प्रदेश अर्थ समितिका सभापति विनोद बान्तावाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशन रुपान्‍तरण कार्यक्रम बाट पासाङ शेर्पाको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ।

नेपाल शेर्पा संघका उपाध्यक्ष तथा अधिवेशन संयोजक तेन्जी शेर्पाका अनुसार प्रदेश १ को दोस्रो अधिवेशनको रुपान्तरण कार्यक्रम मार्फत प्रदेश अध्यक्ष सहित ९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ।

नेपाल शेर्पा संघको ७ औं महाधिवेशन असार १ र २ गते काठमाण्डौमा हुनेछ।

संघीय अध्यक्ष गेल्जे लामा शेर्पालाई प्रदेश अधिवेशनको प्रतिवेदन बुझाँउदै संघीय उपाध्यक्ष तथा अधिवेशन संयोजक तेन्जी शेर्पा

 

प्रतिक्रिया

सम्बन्धित खवर