शेर्पा संघ अमेरिकाको अध्यक्षमा पासाङ दोर्जी शेर्पा ‘एपी लामा’ निर्वाचित भएका छन्। एपी लामा पुन:दुई बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
अमेरिकाको न्यूयोर्क ज्याक्सन हाइट स्थित शेर्पा किदुगको गुम्बामा आइतबार सम्पन्न चौथो महाधिवेशन मार्फत पासाङ दोर्जी शेर्पा ‘एपी लामा’को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो।
संघको बरिष्ठ उपाध्यक्षमा आङ छिरी शेर्पा, उपाध्यक्षमा मिना लामा शेर्पा र महासचिवमा छिरिङ शेर्पा निर्वाचित भएका छन। त्यस्तै सचिवमा लाक्पा थिले शेर्पा, कोषाध्यक्षमा निमा दोर्जी शेर्पा, सहकोषाध्यक्षमा गेलु शेर्पा रहेका छन् भने सदस्यहरुमा मिगिर शेर्पा, गेल्जी शेर्पा, साम्देन शेर्पा र याङजी शेर्पा रहेका छन्।
नवनिर्वाचित अध्यक्ष शेर्पाले टाशी टेलिभिजन संग प्रतिक्रिया दिँदै शेर्पा संघ अमेरिकाको भवन निर्माण तथा खरिद कार्यको लागि आफू दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएको बताए।

शेर्पा संघ अमेरिका अमेरिकामा अमेरिकी राजनीतिक चेतनाको विकास तथा सहभागिता लगायतको गतिविधि गर्न पाउने गरी दर्ता भएको संस्था हो। अमेरिकाभरका शेर्पाहरुलाई अमेरिकी मूलधारको राजनीतिमा सहभागी गराउनका लागि सन् २०१७ मा शेर्पा संघ अमेरिकाको स्थापना भएको थियो।
अमेरिकामा रहेका शेर्पा समुदायमा सामाजिक र राजनीतिक चेतना जगाउने उद्देश्यले स्थापित यो संस्था अमेरिकी कानून अन्तर्गत ५०१(सी)४ को रूपमा दर्ता गरिएको छ।
#SherpaAssociationInAmerica #TashiTelevision #PasangDorjiSherpa
#SherpaAssociationAmerica #Sherpa
