शेर्पा संघ अमेरिकाले राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा र खुम्बु पासाङल्हामु गाँउपालिकाका जनप्रतिनिधिहरु संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। अगष्ट ६ मा अमेरिकाको न्यूयोर्क सिटीमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, खुम्बु पासाङल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पा र वडा नं २ का अध्यक्ष आङ फुर्वा शेर्पाले सहभागिता जनाएका थिए।
राष्ट्रिय सभा सदस्य र खुम्बुका जनप्रतिनिधिहरु अमेरिका भ्रमणमा रहेको अवसरमा सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा ‘एपी लामा’, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, खुम्बु पासाङल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पा र वडा नं २ का अध्यक्ष आङ फुर्वा शेर्पा, शेर्पा किदुकका अध्यक्ष ईन्जिनियर तेम्बा शेर्पा, एनआरएनएका अध्यक्ष हेमन्त मल्ल, हामी नेपाली ग्लोबल न्यूयोर्क च्यापटरका अध्यक्ष ध्रुव कॅुवर, शेर्पा संघ अमेरिकाको सल्लाहकार तथा लुम्बिनी बिकास कोसका पूर्व सदस्य सचिव आङ दावा शेर्पा, शेर्पा संघ अमेरिकाका सल्लाहकार फुरी शेर्पा, शेर्पा संघ अमेरिकाका संस्थापक ङिमा शेर्पा, शेर्पा संघ अमेरिकाका निवर्तमान अध्यक्ष आङ जाङबु शेर्पा लगायतले मनतव्य राखेका थिए।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले नेपालको राजनीतिज्ञहरुलाई शेर्पा समुदायले हिमालको बारेमा बुझाउने पर्ने जरुरी रहेको बताएका छन्। शेर्पाहरुले आफ्नो पुर्खाले आर्जन गरेको उपलब्धिहरुलाई इतिहासको रुपमा लेख्नको लागि पहल कदमी लिनु पर्ने बताउदै अवको शिक्षा शेर्पाको इतिहास लेख्ने खालको हुनुपर्नेमा राष्ट्रिय सभा सदस्य शेर्पाले जोड दिए।

भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा शेर्पा संघ अमेरिकाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा मिस नेपाल नर्थ अमेरिकाकी विजेता जुबिली शेर्पा, कोरोना कथाका लेखक पासाङ शेर्पा र माउन्टेन गाइड पासाङ शेर्पा रहेका छन्।
शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा ‘एपी लामा’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका प्रवक्ता पेम्बा गिर्मे लामा शेर्पाले शुभकामना मन्तव्य राखेको थियो भने कार्यक्रम महासचिव छिरिङ शेर्पाले सञ्चालन गरेका थिए।
नेपाली महावाणिज्यदूतावास न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतम, शेर्पा संघ अमेरिकाका सल्लाहकार, संरक्षक र कलाकार लगायत न्यूयोर्कका स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।



