शेर्पा इभेन्ट अर्गनाइजरले सोलुखुम्बुको मेरा पिकमा आयोजना गरेको ‘The Highest Altitude Cultural Dance Performance On Land’लाई वर्ल्ड बुक अफ रेकर्डस लण्डनले विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्र प्रदान गरेको छ ।
अर्गनाईजरले २०७८ साल कात्तिक २ गते मेरा पिकमा प्रस्तुत गरेको स्याब्रु नृत्यले विश्व कीर्तिमान कायम गरेको हो । जेठ १३ गते काठमाण्डौको एक होटलमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस लण्डनले १५ जना शेर्पा कलाकारहरुलाई उक्त प्रमाण पत्र प्रदान गरिएको हो ।
मेरा पिकको ५ हजार ८ सय मिटर उच्चाईमा शेर्पा स्याब्रुको नृत्य प्रस्तुत गरी प्रमाणपत्र प्राप्त गर्ने कीर्तिमानी कलाकारहरुमा नुरु शेर्पा, दिकु शेर्पा, युगेन शेर्पा, कुन्साङ शेर्पा, आङ छिरी शेर्पा, ङाङ लाक्पा शेर्पा, कामी शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङमार डोल्मा शेर्पा, फुरदिकु शेर्पा, छिरिङ शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङजी शेर्पा र छेतेन शेर्पा रहेका छन् ।
‘जमिनको उच्चतम् उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ नाम दिँदै वर्ल्ड बुक अफ रेकर्डस लण्डनले रेकर्डको मान्यता दिएको हो ।
‘The Highest Altitude Cultural Dance Performance On Land’का नुरु शेर्पाको टोलीलाई २०७८ साल असोज २१ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले सफलताको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।
२०७८ साल असोज २३ गते काठमाण्डौ बाट प्रस्थान गरेका शेर्पा कलाकारहरुले २०७८ साल कात्तिक २ गते मेरा पिकमा स्याब्रु नृत्य कार्यक्रम सम्पन्न गरेको शेर्पा इभेन्ट अर्गनाइजरले जनाइएको छ ।

आधुनिक शैलीमा भाषा, धर्म, कला तथा संस्कृतिको संरक्षण गर्ने उदेश्यले आयोजित उक्त स्याब्रु नृत्य प्रस्तुतीको परियोजना १७ दिनमा सम्पन्न भएको थियो ।
कलाकार टोलीका छेतेन शेर्पा मेरापिक आरोहण गरी फर्कने क्रममा मौसम खराबीका कारण बेपत्ता भएका थिए ।
प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, वर्ल्ड बुक अफ रेकर्डस लण्डन नेपाल च्याप्टरका सागर कटुवाल, बौद्ध धर्म गुरुहरु जामयाङ टुल्कु शेर्पा रिन्पोछे, खेन्पो नुर्वु शेर्पा र कर्मा थार्चिन लामा लगायतको उपस्थिति रहेको थियो ।
शेर्पा इभेन्ट अर्गनाइजर २०७६ साल मंसिर ३० गते नुरु शेर्पाको अध्यक्षतामा स्थापना भएको संस्था हो ।
शेर्पा इभेन्ट अर्गनाइजरको संस्थापक अध्यक्ष शेर्पा हाल सीएन फाउन्डेशनका अध्यक्ष हुन् ।
विभिन्न सामाजिक गतिविधिमा सक्रिय नुरु शेर्पाको जन्म वि.स. २०५५ साल भाद्र २९ गते खोटाङ जिल्लाको ऐसेलुखर्क गाँउपालिका १ स्थित राखा बाङदेलको बाहने गाँउमा भएको हो ।




#TashiTelevision #SherpaEventsOrganizer #SherpaEventOrganizer #SherpaEvents #WorldRecord #WorldBookOfRecordsLondon #TheHighestAltitudeCulturalDancePerformanceOnLand #MeraPeak #Nepal #Solukhumbu #Sherpa
