युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्।  वीर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. शेर्पा यसअघि काउन्सिलका सदस्य थिए।

मंगलबार सम्पन्न मतगणनामा डा. शेर्पाले ५ हजार २ सय ३४ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी डा. गुरुशरण शाहले ४ हजार ३ सय ५० मत प्राप्त गरे भने उपाध्यक्ष पदका अर्का उम्मेदवार डा. अजयसिंह थापाले १ हजार ८ सय ४४ मत प्राप्त गरेका छन्।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर पौष ४, ५ र ६ गते तथा काठमाडौं उपत्यकामा पौष ११ र १२ गते निर्वाचन सम्पन्न भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर