नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। शेर्पाले प्रतिस्पर्धी कुल बहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पाले ३४२ मत ल्याउँदा गुरुङले २८८ मत ल्याए।
संघको वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङमा ग्याबु शेर्पा र द्धितीय उपाध्यक्षमा बोध राज भण्डारी निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा रहेका छन्। कोषाध्यक्षमा ङिमा नुर्वु शेर्पा र सुमी लामाको बराबरी मत आएकोले उनीहरूबिच कार्यकाल आधा-आधा गर्ने सहमति भएको छ।
कार्यसमितिको सदस्यहरुमा मुलाल गुरुङ, थुप्देन शेर्पा, देण्डी शेर्पा, रिन्जे शेर्पा, विक्रम कार्की, केदार न्यौपाने, देवेन्द्र डंगोल, गोकुल थापा र माधव कुमार धमला निर्वाचित भएका छन्। महिला सदस्यहरुमा निशा भोटे र दिकी शेर्पा निर्वाचित भएका छन्।
कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरु फुर गेल्जे शेर्पा समूह बाट निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा निर्वाचित मिङमा ग्याबु शेर्पा, कोषाध्यक्षमा बराबरी मत ल्याएकी सुमी लामा र सदस्यमा निर्वाचित दिकी शेर्पा मात्र कुल बहादुर समूहका हुन्।
शनिबार काठमाण्डौको कमलादीमा सम्पन्न निर्वाचनमा कुल ६ सय ४२ मत खसेको नेपाल पर्वतारोहण संघको जनाएको छ।

