युनिकोड    राशिफल       TashiTelevision                     

२९ असोज, काठमाण्डौ ।

नेपाल चिल्ड्रेन अर्गनाइजेशनले १२८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । अर्गनाइजेशनले प्रत्येक विद्यार्थीलाई १५ हजार रुपैयाँको दरले १९ लाख २० हजार रुपैयाँ  छात्रवृत्ति  स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो ।

अर्गनाइजेशनले सोलुखुम्बु, सिन्धुपाल्चोक, गोर्खा र नुवाकोट जिल्लाका राजधानीको बुढानिलकण्ठ नगरपालिकाको विभिन्न विद्यालयमा अध्यनरत ५६ जना विद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । त्यस्तै सोलुखुम्‍बु जिल्लाका फाप्लु, सल्लेरी, थामसारे, बुङ, तिङला, गार्मा, टाकसिन्धु, खुम्बु पासाङल्हामु गाँउपालिका र ओखलढुङ्गा जिल्ला समेत गरी ७२ जना विद्यार्थीहरुलाई नेपाल चिल्ड्रेन अर्गनाइजेशनले सो छात्रवृत्ति प्रदान गरेको छ।

नेपाल चिल्ड्रेन अर्गनाइजेशनका अध्यक्ष कान्छा नुर्वु शेर्पाका अनुसार आर्थिक अभावले विद्यालय जान नसकेका बालबालिका, टुहुरा बालबालिका र पर्वतारोहण क्षेत्रमा अभिवावक गुमाएका बालबालिकाहरुलाई अर्गनाइजेशनले छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । अध्यक्ष शेर्पाका अनुसार स्थानीय तहको सिफारिसमा कक्षा १ देखी कक्षा १२ सम्मको अध्यनको लागि अर्गनाइजेशन सो छात्रवृत्ति वितरण गरेको हो ।

पर्यटन क्षेत्रमा दाछिरी शेर्पा नामले परिचित पर्यटन व्यवसायी कान्छा नुर्वु शेर्पालाई २०७२ सालको महाविनाशकारी भूकम्प पश्चात धेरै मानिसहरु विभिन्न समस्या लिएर भेट्न आए । त्यस पछि पर्यटन व्यवसायी शेर्पाले समस्या सुनेर सान्तवना दिने काम मात्रै गरेनन्, आफूले सकेको सहयोग गर्न थाले । देश विदेश बाट सहयोग जुटाउन उनी लागि परे । त्यस पछि कैयन दुखी पीडितको समस्यामा मल्हम लगाउने उनको अभियानले सफलता पाए । पर्यटन व्यवसायी शेर्पाको यो अभियानलाई स्विजरल्याण्डकी नागरिक जेनी विलीनरले बलियो साथ दिएकी छन्।

धादिङ जिल्लामा विद्यालयको निर्माण र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर- १ मा अर्गनाइजेशनले विद्यालयको पूननिर्माण गरेका छन् । त्यस्तै सोलुखुम्बुकै मेरा काकुमा भूकम्पले ढलेको घर पनि निर्माण गरेर उठाइदिएका छन् । भूकम्प गए पश्चात समाजसेवी कान्छा नुर्वु शेर्पाले मुलुकको विभिन्न स्थानमा धेरै ठुलो मात्रामा राहत सामग्री तथा आर्थिक सहयोग वितरण गरेका थिए ।

आर्थिक समस्याले पिल्सिएर विद्यालय जान नसकेका बालबालिकाहरुको सारथी बनेर पर्यटन व्यवसायी शेर्पाले शैक्षिक क्षेत्रमा राम्रो परियोजना सञ्चालन गरिरहेका छन् । त्यसैले त गरिब, टुहुरा बालबालिकहरुको अनुहार उज्यालो भएका छन् ।

#नेपाल_चिल्ड्रेन_अर्गनाइजेशन #NepalChildrenOrganization #TashiTelevision

प्रतिक्रिया

सम्बन्धित खवर