युनिकोड    राशिफल       TashiTelevision                     

डीजे तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

डीजे तेन्जिङले मे २१ को बिहान नेपाली समय अनुसार ४ बजेर ४७ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेका हुन्।

डीजे तेन्जिङले विश्व कीर्तिमान कायम गर्न मे १७ मा सगरमाथाको बेस क्याम्प २ मा ‘The world’s highest altitude party on land’ कार्यक्रम प्रस्तुत गरेका थिए।

सगरमाथा आरोहण गरी काठमाण्डौ फर्किए पछि डीजे तेन्जिङलाई भव्य स्वागत गरिएको छ। ‘Stop Global Warming , Save the himalayas ’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिशन २०२४’ पूरा गरेर शुक्रबार काठमाडौं आइपुगेका शेर्पालाई स्वागत गरिएको हो ।

डीजे तेन्जिङलाई स्वागत गर्न जनता समाजवादी पार्टीका नेता आङ काजी शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष छिरिङ शेर्पा र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकी अध्यक्ष आङ डोमा शेर्पा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिप छिरिङ लामा शेर्पाले काठमाण्डौको शेर्पा पार्टी प्यालेस पुगेर डीजे तेन्जिङलाई बधाई दिएका छन्।

डीजे तेन्जिङलाई बधाई दिंदै कांग्रेस नेता शेर्पाले ३० पटक सगरमाथको आरोहण गरेका विश्व विख्यात कीर्तिमानी आरोही कामीरिता शेर्पालाई समेत बधाई दिए।

शेर्पाहरुले जति हिमाल आरोहण गरे पनि सरकार बाट मुल्याङ्कन र सहयोग नभएको बताउदै कांग्रेस नेता शेर्पाले पर्वतारोहीहरुको लागि छुट्टै नीति बनाउनु पर्नेमा जोड दिए।

बुद्ध र सगरमाथालाई प्रचार प्रसार गरी सरकारले पर्यटन प्रवर्द्धन गर्नु पर्ने कांग्रेस नेता शेर्पाको भनाई रहेको छ।

नेपालमा मात्रै नभई अन्तराष्ट्रिय जगतमा डीजेको रुपमा ख्याति प्राप्त तेन्जिङ शेर्पाले आफ्नो परिचय माथि थप नयाँ परिचय थपेको जनता समाजवादी पार्टीका नेता तथा अभियन्ता आङ काजी शेर्पाको प्रतिक्रिया रहेको छ।

नेता शेर्पाले सगरमाथा आरोहण गरेका विश्व विख्यात आरोहीहरुलाई लियजन अफिसर लगायत विभिन्न जिम्मेवारी दिनु पर्ने बताउदै सरकारले आवश्यक पर्यटन पूर्वाधारहरु निर्माण गर्नु पर्ने बताए।

नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष छिरिङ शेर्पाले टाशी टेलिभिजन संग प्रतिक्रिया दिंदै डीजे तेन्जिङले ‌ऐतिहासिक रेकर्ड कायम गरेको बताएका छन्।

विश्व रेकर्ड कायम गरेका शेर्पा आरोहीहरुलाई नेपाल शेर्पा विद्यार्थी संघले सम्मान कार्यक्रम आयोजना गर्ने अध्यक्ष शेर्पाले बताए।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क निवासी सोलुखुम्ब टाप्टिङ-१० का तेन्जिङ शेर्पा नेपालको पहिलो डीजे समेत हुन्।

 

 

 

IMG_2568 IMG_2569

 

  

IMG_2591

 

प्रतिक्रिया

सम्बन्धित खवर