नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा छिरिङ शेर्पा निर्वाचित भएको छ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिका-२ स्थित बरुवाका स्थायी बासिन्दा शेर्पा विद्यार्थी संघको नेतृत्वमा पुगेको हो।
शनिबार काठमाण्डौको शेर्पा सेवा केन्द्रमा सम्पन्न १४ औं राष्ट्रिय महाधिवेशन मार्फत छिरिङ शेर्पाको नेतृत्वमा ६८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।
अध्यक्षका प्रत्यासी फुर्वा छिरिङ शेर्पा(रामेछाप) भने सहअध्यक्षमा चयन भएका छन्।
अध्यक्षका प्रत्यासीहरु छिरिङ शेर्पा र फुर्वा छिरिङ शेर्पा बीच एक-एक बर्षको आलोपालो अध्यक्षता गर्ने सहमती अनुसार पहिलो एक बर्षको लागि छिरिङ शेर्पा अध्यक्ष भएको हो।
एक बर्ष पछि वार्षिक साधरण सभा गरी फुर्वा छिरिङ शेर्पालाई अर्को एक वर्षको लागि अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण हुनेछ।
सहमति अनुसार अध्यक्षका अर्का प्रत्यासी फुटी शेर्पालाई आदिवासी जनजाति विद्यार्थी महासंघ संघीय कार्यसमितिमा संस्थागत प्रतिनिधिको रुपमा सिफारिस गर्ने भएका छन्।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गेलु शेर्पा(सोलुखुम्बु), उपाध्यक्षहरुमा ल्हाक्पा डोमा शेर्पा(ताप्लेजुङ), फुरङिमा शेर्पा(दोलखा), कर्मा छिरिङ शेर्पा(सिन्धुपाल्चोक), तेन्जिङ शेर्पा(संखुवासभा), नान्सी शेर्पा(दोलखा), ङिमा सांगे शेर्पा(संखुवासभा) र दावा याङजी शेर्पा(सोलुखुम्बु) रहेका छन्।
महासचिवमा पेम्बा गेल्जेन शेर्पा(ओखलढुङ्गा), सचिवहरुमा मिङमार तेन्जी शेर्पा(सोलुखुम्बु), मिङमा शेर्पा(रामेछाप), ङिमा शेर्पा(सोलुखुम्बु), डोल्मा छिरिङ शेर्पा(सोलुखुम्बु) रहेका छन्।
कोषाध्यक्षमा पेमा डोमा शेर्पा(ताप्लेजुङ) चयन भएकी छन् भने सहकोषाध्यक्षहरुमा दारिन्जी शेर्पा(सोलुखुम्बु), दिकु शेर्पा(सोलुखुम्बु) र दावा सुन्दर शेर्पा(संखुवासभा) रहेका छन्।
नेपाल शेर्पा विद्यार्थी संघको नयाँ कार्यसमितिमा ४८ जना सदस्यहरु रहेका छन्।
नवनिर्वाचित अध्यक्ष छिरिङ शेर्पा
बौद्ध धर्म गुरु छोकी ङिमा रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिप छिरिङ लामा शेर्पा, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, शेर्पा सेवा केन्द्रका अध्यक्ष गेल्जे लामा शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा लगायतको उपस्थिति रहेको थियो।
बायाँ बाट क्रमश: सहअध्यक्ष फुर्वा छिरिङ शेर्पा र उपाध्यक्ष फुरङिमा शेर्पा
निवर्तामान अध्यक्ष पासाङ शेर्पा टाशी टेलिभिजन संग प्रतिक्रिया दिंदै

