युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल शेर्पा संघ संखुवासभाको नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार संखुवासभाको खाँदबारीमा सम्पन्न संघको ५ ‌औं जिल्ला अधिवेशन मार्फत मिगुर शेर्पाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो।

नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका शेर्पा हाइड्रोका अध्यक्ष तेन्जी शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन मार्फत नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा लाक्पा रिन्जे शेर्पा, सचिवमा नोर्वु शेर्पा, सह सचिवमा फुर्वा शेर्पा र कोषाध्यक्षमा दावा शेर्पा रहेका छन्।

सदस्यहरुमा दावा शेर्पा, पेमा वाङदी शेर्पा, रिन्जी शेर्पा र दिकु शेर्पा रहेका छन्।

  

 

 

प्रतिक्रिया

सम्बन्धित खवर