युनिकोड    राशिफल       TashiTelevision                     

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व अर्थराज्यमन्त्री तथा संविधानसभा सदस्य समेत रहेका  बौद्ध विद्वान डा. लामालाई कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेका हुन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा दुवै पटक संविधानसभा सदस्य रहेका डा. ल्हारक्याल लामालाई प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’कै चाहना अनुसार सरकारले कोषको उपाध्यक्षको जिम्मेवारी प्रदान  गरेको हो।

नाम्डोलिङ गुम्बा महिषुर ‘South India’ बाट बौद्ध शिक्षामा खेन्पो डिग्री अर्थात पीएचडी हासिल गरेका नवनियुक्त उपाध्यक्ष लामा संग बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्ष भएको अनुभव छ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुँदै केन्द्रीय कमिटीको सदस्य भएका डाक्टर लामा पार्टीको प्रभावशाली नेताको रुपमा परिचित छन्।

नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाको कार्यकाल ५ वर्षको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर