युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति भोजपुरको अध्यक्षमा हर्कराज शेर्पा निर्वाचित भएको छ । नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका समाजसेवी तथा युवा व्यवसायी तेन्जी शेर्पाको प्रमुख आतिथ्यतामा शनिबार भोजपुर नगरपालिकाको पानीट्याङकीमा सम्पन्न छैठौं अधिवेशन मार्फत हर्कराज शेर्पाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा, सचिवमा दानुरी शेर्पा, सहसचिवमा नुरी शेर्पा रहेका छन् । कोषाध्यक्षमा पेनी शेर्पा रहेकी छन् भने सहकोषाध्यक्षमा मिङमा शेर्पा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष हर्कराज शेर्पा

त्यस्तै सदस्यहरुमा सोनुर्वु शेर्पा, पासाङ दिकी शेर्पा, पासाङ तेम्बा शेर्पा, लक्की शेर्पा, मेन्दलमु शेर्पा र दावा छिरी शेर्पा लगायत छन् । नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति भोजपुरमा दुई कार्यकाल पूरा गरेका निवर्तमान अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा सो अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि  तथा नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष तेन्जी शेर्पा

नेपाल शेर्पा संघ भोजपुर जिल्ला कार्यसमितिका निवर्तमान अध्यक्ष पासाङ शेर्पा

प्रतिक्रिया

सम्बन्धित खवर