प्रयास मञ्च नेपालले गायिका फुटी शेर्पालाई राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८२ द्वारा सम्मान गरिएको छ। शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित भेट्रान धावक एवं गीतकार बुद्धवीर लामाको १४ औं साङगीतिक साँझका अवसरमा गायिका शेर्पालाई सम्मान गरिएको हो।
सम्मानपत्रमा गायिका शेर्पाको टुङना बजाउने कलामा विशिष्ट योगदान, रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्ने क्रममा शेर्पा समुदायकी पहिलो महिला गायिकाको ऐतिहासिक उपलब्धि तथा हालै भारतमा सम्पन्न International Himalayam Ethnic Singing Competition–2025 मा नेपालको तर्फबाट 1st Runner Up बन्न सफल भएको उपलब्धिलाई उच्च मूल्याङ्कन गरिएको छ।

‘नेपाली सांगीतिक क्षेत्रका उदीयमान नक्षत्र तपाई श्री फुटी शेर्पा ज्यूलाई सम्मान गर्न पाँउदा हामी अत्यन्त आल्हादित भएका छौं। तपाईँले टुङना बजाउने कलामा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ। तपाईँले रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी शेर्पा समुदायको पहिलो महिला गायिकाको इतिहास समेत रच्नु भएको छ।
त्यसै गरी तपाईँले हालसालै भारतको International Himalayam Ethnic Singing Competition–2025 मा नेपालको तर्फबाट भाग लिई 1st Runner Up बन्न सफल भई अन्तर्राष्ट्रिय क्षेत्रमा नै नेपाल र नेपालीको शिर उचो बनाउनु भएको छ। तपाईको गौरवमय योगदानको उच्च मूल्याङ्कन गर्दै कदर स्वरुप हामी तपाईँलाई राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८२ अर्पण गर्दछौं । अन्त्यमा तपाईंको सुस्वास्थ्य, दीर्घायू, उत्तरोत्तर उन्नति प्रगति र उज्ज्वल भविष्यको मंगलमय कामना गर्दछौं’ सम्मान पत्रमा उल्लेख गरिएको छ।
सो कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, धावक वैकुण्ठ मानन्धर, गीतकार बुद्धवीर लामा लगायतले विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए।
