युनिकोड    राशिफल       TashiTelevision                     

शेर्पा संघ अमेरिकाले टाशी टेलिभिजनका प्रधान सम्पादक वाङछे शेर्पालाई नगद पुरस्कार सहित शेर्पा पत्रकारिता पुरस्कार बाट  सम्मान गरेको छ ।  विश्व शेर्पा दिवसको अवसरमा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा  सम्पादक शेर्पालाई २५ हजार १ रुपैयाँ नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको हो।

नेपालमा शेर्पा पत्रकारहरुलाई हौसला प्रदान गर्न तथा व्यवसायिक पत्रकारिताको विकासको लागि प्रत्येक वर्ष एक जना स्वतन्त्र शेर्पा पत्रकारलाई छनौट गरी नगद तथा सम्मान पत्र सहितको शेर्पा पत्रकारिता पुरस्कार प्रदान गर्ने क्रममा प्रधान सम्पादक शेर्पालाई सम्मान गरेको शेर्पा संघ अमेरिकाले जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर