युनिकोड    राशिफल       TashiTelevision                     

अन्तराष्ट्रिय बौद्ध महासंघ ‘आईबीसी’को अध्यक्षमा डा. ल्हारक्याल लामा निर्वाचित भएका छन्।

विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संल्गन रहेको सर्वोच्च संस्था ‘International Buddhist Confederation (IBC)’को शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिबाट निर्वाचित हुँदै डा. लामा अध्यक्षमा निर्वाचित भएका हुन्।

लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष समेत रहेका डा. लामा २८ नोभेम्वरमा भारतको नयाँदिल्लीमा सम्पन्न आईबीसीको तेश्रो महाधिवेशन मार्फत अध्यक्षमा निर्वाचित भएको हो।

नाम्डोलिङ गुम्बा महिषुर ‘South India’ बाट बौद्ध शिक्षामा खेन्पो डिग्री हासिल गरेका नवनिर्वाचित अध्यक्ष डा. ल्हारक्याल लामा संग बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको दुई कार्यकाल अध्यक्ष भएको अनुभव छ।

पूर्व मन्त्री तथा संविधान सभा सदस्य डा. लामा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत हुन्।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुँदै केन्द्रीय कमिटीको सदस्य भएका डाक्टर लामा पार्टीको प्रभावशाली नेताको रुपमा परिचित छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर