शेर्पा पर्यटन व्यवसायी संघ नेपाल ‘STEAN’ को दोश्रो अधिवेशन सम्पन्न भएको छ। सोमबार काठमाण्डौको जोरपाटीमा सम्पन्न संघको अधिवेशनले पेम्बा शेर्पा ‘संगम’को नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा चेङा छिरिङ शेर्पा र सनम शेर्पा रहेका छन्। त्यस्तै महासचिवमा पासाङ शेर्पा रहेका छन् भने सचिवमा रिन्जी जाङबु शेर्पा रहेका छन्। कोषाध्यक्षमा पासाङ शेर्पा र सहकोषाध्यक्षमा छोकी शेर्पा चयन भएका छन्। सदस्यहरुमा आरोही छोकी शेर्पा, ङवाङ फुरी शेर्पा, आङ बाबु शेर्पा, थुप्तेन शेर्पा र ङिमा लामा शेर्पा रहेका छन्।
कार्यसमितिका सबै सदस्यहरु सर्वसम्मत चयन भएको हो। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री कृपासुर शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, संविधान सभा सदस्य आङ दावा शेर्पा, जुभिङ शेर्पा किदुकका अध्यक्ष कामी रिन्जी शेर्पा, तामाङ रिमठिम पर्यटन संजालका महासचिव छेटुप तामाङ र नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा लगायतले सम्बोधन गरेका थिए।
