युनिकोड    राशिफल       TashiTelevision                     

काठमाण्डौको रामहिटीमा अवस्थित मुगुम समाज कल्याण केन्द्रमा दश करोड मणि जप कार्यक्रम २०७९ सम्पन्न भएको छ।

असोज १० गते बाट सुरु भएको उक्त कार्यक्रम असोज १९ गते बुधबार सम्पन्न भएको हो। ‘ओम मणि पद्मे हुँ’ नामक मन्त्र दश करोड पटक जप गरी सो कार्यक्रम सम्पन्न भएको हो। मुगुम समाज कल्याण केन्द्रका अध्यक्ष ज्याम्बल लामाका अनुसार ङाग्यूर कर्मा परम्परा संरक्षण समाज र मुगुम समाज कल्याण केन्द्रले संयुक्त रुपमा मणि जप कार्यक्रम आयोजना गरिएको हो। आयोजकका अनुसार १० दिने मणि मन्त्र जप कार्यक्रममा दैनिक ३०० भन्दा बढीको सहभागिता रहेको छ।

हिमाली क्षेत्रमा प्राचिन काल देखि अहिले सम्म विश्व शान्तिको लागि, समस्त जीव जगतको कल्यार्णथ मणि मन्त्र जप गर्ने गर्दछ। भगवान बुद्धका ८४ हजार धर्म स्कन्ध सर्वसाधरणले बुझ्न नसकिने हुदाँ सवै भन्दा बुझ्न सजिलो, सटिक, जान्न र कण्ठ गर्न सजिलो ‘ओम मणि पद्मे हुँ’ मन्त्र मोक्षप्रादायक र कल्याणकारी भएकाले यस्को महत्व अझै बढेको देखिन्छ। यो छोटो, सटिक र सही साधना हो। मणि मन्त्र जप गर्दा चिताएको पुग्ने, अहिले र पहिलो जुनीको पाप मोचन हुने, मृत्युपर्यन्त सुखवति भुवनमा जन्म लिने निश्चित भएको धार्मिक विश्वास रहेको पाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर