युनिकोड    राशिफल       TashiTelevision                     

गायक लाक्पा एन शेर्पा र गायिका लमु शेर्पाको स्वरमा रहेको नयाँ गीत लेकाली गाँउको म्यूजिक भिडियो/भिडिओ सार्वजनिक भएको छ।  मंगलबार काठमाण्डौको कपनमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गायक लाक्पा शेर्पाको उपस्थितिमा लेकाली गाँउको मूज्यिक भिडियो सार्वजनिक गरिएको हो।

गीतमा सोनाम लामा शेर्पा ‘कोशिस’को शब्द, गायक लाक्पा एन शेर्पा स्वंयमको संगीत र कर्साङ लामाको एरेन्ज रहेको छ। राजु श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा लाक्पा एन शेर्पा, छिरिङ शेर्पा, कुन्साङ डोल्मा खान्दुर ‘लेकाली मैच्याङ’ र विश्व कीर्तिमानी पर्वतारोही तेन्जिङ शेर्पाको अभिनय रहेको छ।

नेपाली सांगीतिक बजारमा गायक लाक्पा एन शेर्पाको यो चौथो म्यूजिक भिडियो हो। गायक शेर्पाले यस अघि लेकाली कोदोको र लोसारकी तेम्डिल म्यूजिक भिडियो निर्माण गरेका थिए। लेकाली गाँउ हिमालयन मेलोडिज् एल्बम अन्तर्गतको पहिलो म्यूजिक भिडियो हो।

गायक शेर्पाका अनुसार  नेपाली संस्कृति अन्तराष्ट्रिय स्तरमा परिचित गराउने उदेश्यले म्यूजिक भिडियो निर्माण गरिएको हो।

कुनै समय पर्यटन क्षेत्रमा पथप्रदर्शको रुपमा सक्रिय युवा व्यवसायी तथा उदीयमान गायक लाक्पा एन शेर्पा गीतकार, संगीतकार र म्यूजिक भिडियो निर्देशकको रुपमा परिचित नाम हो। गायक शेर्पाको प्रत्येक म्यूजिक भिडियो गायक स्वंयमको अभिनय रहेका छन्।

लाक्पा एन शेर्पाको स्वर र म्यूजिक भिडियो राम्रो भएको बताउदै वरिष्ठ गायक लाक्पा शेर्पा पछिल्लो चरणमा शेर्पा समुदाय बाट गायन क्षेत्रमा लाग्नेहरुको सङ्ख्या बढेको बताए।

लेकाली गाँउको म्यूजिक भिडियोमा काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकामा छायाँकन गरिएको दृश्यहरु रहेका छन्। यो म्यूजिक भिडियो लाक्पा एन शेर्पाको यूट्युव च्यानल मार्फत हेर्न सकिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर