युनिकोड    राशिफल       TashiTelevision                     

चलचित्र निर्माता तथा कलाकार फरादेण्डी लामा शेर्पाले पिके सेवा केन्द्रलाई काङग्युर वितरण गरेको छ। संयुक्त राज्य अमेरिका न्यूयोर्क निवासी काठमाण्डौ बौद्धका कलाकार शेर्पाले १०३ ठेली काङग्युरको सेट केन्द्रलाई वितरण गरेको हो।

सोमबार काठमाण्डौको बौद्धमा फरा देण्डी लामा शेर्पाकी धर्मपत्नी ङिम दिकी टाक्तो लामा शेर्पा मार्फत पिके सेवा केन्द्रका महासचिव देण्डी शेर्पा, सचिव तथा गुम्बा निर्माण समितिका संयोजक छिरिङ शेर्पा, कोषाध्यक्ष फुर्वा शेर्पा र सदस्य वीर बहादुर मगरको टोलीलाई उक्त काङग्युर उपलब्ध गराएको हो।

साविकको तामाखानी गाविस हालको परिवर्तित सोलुदूधकुण्ड नगरपालिका-३ लोदिङ/तामाखानी स्थित पिके सेवा केन्द्रमा हाल निर्माणधिन गुम्बामा राख्नको लागि काङग्युर सेटको प्रायोजन गर्न केन्द्रका अध्यक्ष पासाङ शेर्पाले लिखित पत्रचार गरे पश्चात कलाकार शेर्पाले सो काङग्युर खरिद गरी उपलब्ध गराइएको हो।

पिके सेवा केन्द्रको निर्माधिन गुम्बा

पिके सेवा केन्द्रको अमेरिकाको लागि आर्थिक संयोजक फुर्वा शेर्पाको पहलमा सो कार्य सम्पन्न भएको हो ।

कलाकार फरा देण्डी लामा शेर्पाले यस अघि भोजपुर जिल्लाको भोजपुर नगरपालिका-९ स्थित पानीट्याङकीमा २४ फिट अग्लो ज्याङछुव स्तूपा निर्माण गर्नुका साथै विभिन्न गुम्बाहरुलाई बुद्ध मूर्तिहरु सहयोग गरेका छन् ।

कलाकार फरा देण्डी लामा शेर्पा

फरा देण्डी लामा शेर्पाकी धर्मपत्नी ङिम दिकी टाक्तो लामा शेर्पा पिके सेवा केन्द्रका प्रतिनिधिहरुलाई काङग्युर हस्तान्तरण गर्दै।

पिके सेवा केन्द्रका अध्यक्ष पासाङ शेर्पा

पिके सेवा केन्द्र अमेरिकाका लागि आर्थिक संयोजक फुर्वा शेर्पा

 

प्रतिक्रिया

सम्बन्धित खवर