युनिकोड    राशिफल       TashiTelevision                     

गायक मइते गुरुङको स्वरमा रहेको नयाँ गीत ‘लैबरी लैबरी’को म्यूजिक भिडियो भिडिओ सार्वजनिक भएको छ 

सन २००९ देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक गुरुङले ब्याण्ड सहितको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

पश्चिमी लोक संगीतलाई सबै खाले संगीत संग फ्यूजन गरी यो म्यूजिक भिडियो निर्माण गरिएको गायक गुरुङको जिकिर रहेको छ ।

गायक गुरुङका अनुसार  लैबरी लैबरी गीत तनहुँ क्षेत्रमा रोधी घरमा झ्याउरे भाकामा गाँउदा बनेको गीत हो ।

गायक मइते गुरुङको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोमा अनिल स्टुडियोजका अनिल राईको मिक्सिङ र सतिश स्थापितको मास्टरिङ रहेको छ ।

गायक मइते गुरुङ

‘माइता एण्ड घर’ म्यूजिक ब्याण्डको प्रस्तुती रहेको उक्त म्यूजिक भिडियो काठमाण्डौमा छाँयाकंन गरिएको हो । भिडियोको छाँयाकंन तथा सम्पादन नितेश लामा शेर्पाले गरेका हुन् ।

मनोज रुचालको गितार र सन्दीप बज्रचार्यको बास गितार रहेको सो म्यूजिक भिडियोमा प्रसिद्ध मुरली वादक किरण बरालको प्रस्तुती रहेको छ ।

यो  म्यूजिक भिडियो मइते गुरुङको युट्युव च्यानल मार्फत हेर्न सकिन्छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर