हिमाली शेर्पा समाजको आठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाण्डौमा सम्पन्न संघको अधिवेशन मार्फत ठिलिन शेर्पाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा तेन्जिङ शेर्पा रहेका छन् । त्यस्तै द्धितीय उपाध्यक्षमा फुर्वा शेर्पा, तृतीय उपाध्यक्षमा सोनाम छिरिङ शेर्पा निर्वाचित भएका छन् । महासचिवमा ङवाङ तेन्जिङ शेर्पा रहेका छन् भने सचिवमा निमा दोर्जी शेर्पा र कोषाध्यक्षमा छेवाङ शेर्पा रहेका छन् ।
महिला सदस्यहरुमा निम छोटी शेर्पा, ङिम लमु शेर्पा, साङमु शेर्पा, छिरिङ शेर्पा, पासाङ लमु शेर्पा, पासाङ खान्डु शेर्पा र ङिमा शेर्पा निर्वाचित भएका छन् । त्यस्तै छोङ नोर्बु शेर्पा, छिरी शेर्पा, साङ्बो शेर्पा, सोनाम दोर्जी शेर्पा, देन्डी शेर्पा र पेमा ठिले शेर्पा सदस्यमा निर्वाचित भएका छन् ।
२०५७ सालमा दोलखा शेर्पा समाजको रुपमा स्थापित यो संस्था पछि हिमाली शेर्पा समाजको रुपमा रुपान्तरण भएको हो ।
समाजले विभिन्न धार्मिक र सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । हिमाली शेर्पा समाजले बार्षिक रुपमा १० करोड मणिजप, रक्तदान, प्राणीहरुको ज्यान जोगाउने तथा मृत्युबाट बचाउने छेतार लगायतका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
कोभिढ महामारीमा हिमाली शेर्पा समाजका निवर्तमान अध्यक्ष दाउ छिरी शेर्पाको नेतृत्वमा आहतमा परेका दुखी पीडितहरुलाई राहत प्रदान भएको थियो । साथै अध्यक्ष शेर्पाको अगुवाईमा विभिन्न धार्मिक तथा सामाजिक कार्यहरु भएका छन् ।
दाउछिरी शेर्पाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष तथा बौद्ध धर्म गुरु आचार्य लामा कर्मा साङबो शेर्पा, हिमाली शेर्पा समाजका पूर्व अध्यक्ष दावा शेर्पा, नेपाल बुद्ध धर्म सेवा संघका वरिष्ठ उपाध्यक्ष तथा साम्तेन स्कूलका प्रमुख निम्तो शेर्पा, हिमालयन रिजनल वेलफेयर फाउण्डेशनका अध्यक्ष निमा शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका वरिष्ठ उपाध्यक्ष दावा छिरी शेर्पा र नेपाल शेर्पा संघका सचिव लाक्पा जी शेर्पा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै हिमालयन रिजनल वेलफेयर फाउण्डेशनका अध्यक्ष निमा शेर्पा र साम्तेन स्कुलका प्रमुख निम्तो शेर्पाले ८० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । दोलखा जिल्लाको बिगु गाँउपालिका, काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा न. ११ र साम्तेन स्कूलमा अध्यनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको समाजसेवी शेर्पा द्धयले जनाइएको छ ।
बिगु गाँउपालिकाका ८ वटै वडा र बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि सम्पर्क गर्न सकिनेछ । टिबेटन ह्यान्डिक्र्याफ्टका सञ्चालक समेत रहेका समाजसेवी निमा शेर्पा र निम्तो शेर्पाको प्रायोजनमा कक्षा ११ र १२ अध्यनका लागि सो छात्रवृति प्रदान गरिन लागिएको हो ।
[Contact For Scholarship, Nima Sherpa : 9851006243]
आठौं अधिवेशनको अवसरमा विभिन्न व्यक्तिहरुलाई हिमाली शेर्पा समाजले सम्मान गरेको छ। चुच्चेपाटी गुम्बाको भौतिक निर्माणमा महत्वपूर्ण सहयोग गर्ने सोनाम छिरिङ शेर्पा सम्मानित भएका छन् ।
बाह्रबीसे नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा हिमाली शेर्पा समाजका आजीवन सदस्य आङ दोर्जे शेर्पा पनि सम्मानि भएका छन् । त्यस्तै हिमाली शेर्पा समाजले आजीवन सदस्य र संरक्षक सदस्यको प्रमाणपत्र वितरण गरेको छ ।
हिमाली शेर्पा समाजका निवर्तमान अध्यक्ष दाउछिरी शेर्पा ‘दावा’
हिमाली शेर्पा समाजका नवनिर्वाचित अध्यक्ष ठिलिन शेर्पा










