पल्मु शेर्पा र दावा के शेर्पाको स्वरमा नयाँ गीत ‘लोसार मेला’को म्यूजिक भिडियो / भिडिओ सार्वजनिक भएको छ । मंगलबार काठमाण्डौको सिमलटारमा एक कार्यक्रमको आयोजना गरी शेर्पा फिल्मस् प्रा.लि.ले उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गायक दावा के शेर्पाको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोमा अर्पन थिङ तामाङको एरेन्ज र युद्ध लामाको कोरियोग्राफी रहेको छ । ‘Sherpa Films’को युट्युव च्यालन मार्फत सार्वजनिक यस म्यूजिक भिडियोको निर्देशन सांगे शेर्पाले गरेका हुन् ।
त्यस्तै मेकअप आर्टिस्टको भूमिका फुर्वा लमु शेर्पाले निर्वाह गरेकी छन् । म्यूजिक भिडियोमा कर्मा शेर्पा, कुंगा शेर्पा, मिङमा डोमा शेर्पा, आङ फुली शेर्पा, मिङमा सोनाम शेर्पा, ङिमा गेलु शेर्पा, डीजे सोनाम शेर्पा र पर्वतारोही लाक्पा शेर्पाको अभिनय रहेको छ ।
म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा मिस मंगोल नेपाल पासाङ डोल्मा शेर्पा र मिस मंगोल नेपाल २०२२ की सेकण्ड रनरअप डोल्मा छिरिङ शेर्पालाई शेर्पा फिल्म्स प्रा. लि. ले सम्मान गरेको छ । त्यस्तै लोसार मेलाको परियोजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न कलाकारहरु शेर्पा फिल्मस् प्रा.लि. द्धारा सम्मानित भएका छन् ।
कार्यक्रममा नुमुज व्युटी एण्ड स्किन केयरले आफ्ना ४० जना विद्यार्थीहरुलाई तालिम लिएको प्रमाणपत्र प्रदान गरेको छ । त्यस्तै नुमुज कफी बारिस्टा ट्रेनिङ सेन्टरका १५ जना विद्यार्थीहरुलाई पनि नुमुजले बारिस्टाको प्रमाण पत्र प्रदान गरेको छ ।
म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा संविधान सभा सदस्य आङ दावा शेर्पा, नुमुज व्युटी एण्ड स्किन केयरकी सञ्चालिका फुर्वा लमु शेर्पा, गायक दावा के शेर्पा र म्यूजिक भिडियोका निर्देशक सांगे शेर्पाले मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य आङ दावा शेर्पाले म्यूजिक भिडियोमा सबै लोसार मनाउने समुदायको प्रतिनिधिमूलक प्रस्तुतीले लोसारको महत्वलाई उजागर गरेको बताइन् ।
