युनिकोड    राशिफल       TashiTelevision                     

युएसए टिकटक ग्रुपले १ सय ११ जना नेपाली  बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । काठमाण्डौको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा रहेका ५७ जना बालबालिका र बसुन्धरास्थित फिलोसोफिस्का नेपालका ५४ जना बालबालिकालाई टिकटक ग्रुपले ट्र्याकसुट वितरण गरेको हो ।

संयुक्त राज्य अमेरिका न्युयोर्क निवासी रामेछाप गुम्देलका समाजसेवी सोनाम गेल्बु शेर्पाको नेतृत्वमा युएसए टिकटक ग्रुपले सो कपडा वितरण गरेको हो ।

समाजसेवी सोनाम गेल्बु शेर्पाका अनुसार न्यानो कपडा वितरणको लागि युएसए टिकटक ग्रुपमा आबद्ध गोविन्द हुमागाईंले दुई सय डलर, टेक गुरुङले दुई सय डलर, समर आलेले १ सय ४० डलर,  मणि वाङदेलले १ सय १ डलर र राजन श्रेष्ठले ५१ डलर सहयोग गरेका छन् । समाजसेवी शेर्पाले प्राप्त सहयोग रकममा ५ सय ३८ डलर थप गरेर बालबालिकाका लागि ट्र्याकसुट, बिस्कुट र चकलेट वितरण गरेको हो ।  युएसए टिकटक ग्रुपले न्यानो कपडा वितरणको लागि कुल १ लाख ६० हजार नेपाली रुपैयाँ खर्चेका छन्।

त्यस्तै संयुक्त राज्य अमेरिका न्युयोर्क निवासी सोलुखुम्बु मेन्दोपाकेका छेवाङ रिन्जी शेर्पाले संयुक्त अपांग एकता आवाज केन्द्रका बालबालिकालाई रासन खरिद गर्न २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

यता तिल बहादुर कार्की द्धारा सञ्चालित संयुक्त अपांग एकता आवाज केन्द्रमा द्धन्द्ध पीडित, टुहुरा, आमाबुबा कारागारमा रहेका र सडकमा अलपत्र परेका ५७ जना बालबालिकाले आश्रय लिइरहेका छन् । उता बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको फिलोसोफिस्का नेपालमा ५४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

न्यानो कपडा वितरण कार्यक्रममा कलाकारहरु सुरज चापागाईं ‘बान्द्रे’, केशव प्रसाद पण्डित‘सुरवीर’ र यादव देवकोटा ‘सरापे’को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर