काठमाण्डौको स्वयम्भूमा आमा बेकरीको शाखा सञ्चालनमा आएको छ । सोमबार नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाको उपस्थितिमा कलाकार सन्दीप क्षेत्रीले उद्घाटन गरी स्वयम्भूको किम्डोलमा बेकरीको शाखा सञ्चालनमा आएको हो। व्यवसायी सोनाम नोर्जिनले ८० लाख रुपैयाँको लगानीमा सो बेकरी सञ्चालनमा ल्याएको हो ।
काठमाण्डौको बौद्धमा ५ महिना अगाडी सञ्चालनमा आएको आमा बेकरीको उत्पादनले ग्राहकको मन जित्न सफल भए पछि स्वयम्भूको किम्डोलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । गुणस्तरीय बेकरीका परिकारहरु उत्पादन गर्ने ब्राण्डको रुपमा आमा बेकरीले आफ्नो छुट्टै पहिचान बनाएको छ ।
बेकरीका सञ्चालक सोनाम नोर्जिनका अनुसार ग्राहकले आफूले उपभोग गर्ने परिकारहरु किचनमा कसरी बन्छन भनेर प्रत्यक्ष हेर्न सकिने गरी ‘Open Kitchen’ को व्यवस्था गरिएको छ । बेकरी द्धारा उत्पादित सबै परिकारहरु एकै दिनमा बिक्री नभएमा सो परिकारहरु खाने कुराको अभाव भएकाहरुलाई निशुल्क दान गर्ने आमा बेकरीले जनाइएको छ।
आमा बेकरीले पर्यावरणको लागि हानिकारक प्लास्टिकको झोलालाई निरुत्साहित गर्दै कागजको झोलाको प्रयोगलाई प्रोत्साहन गरेको छ । सञ्चालक सोनाम नोर्जिनका अनुसार लागत बढी भए पनि वातवरण प्रदुषण नहोस भनेर कागजको झोलाको प्रयोग गरिएको हो ।
नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा आमा बेकरीका परिकारहरु हाइजिनिक र सस्तो भएको प्रतिक्रिया दिदैँ नेपाली उत्पादनहरुको प्रयोगलाई बढावा दिनु पर्नेमा जोड दिइन।
डोल्पाका कलाकार तेन्जिङ नुर्वु लामा आमा बेकरीका सञ्चालक सोनाम नोर्जिन व्यापार संगै कला भएको समाजसेवीको रुपमा लिन्छन्।
बौद्ध बाट आमा बेकरीको शाखा उद्घाटन कार्यक्रममा पुगेका मनहर थापाले आमा बेकरी अरु सामान्य बेकरी भन्दा राम्रो भएको बताए।
