युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल शेर्पा संघले आफ्नो भवन खरिदमा आर्थिक सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा उल्लेख गर्न थालेको छ।

संघको आर्थिक तथा निर्माण समितिको संयोजक समेत रहेका समाजसेवी तेन्जी शेर्पाको अगुवाइमा सो कार्य अघि बढाइएको हो।

उनले भवन खरिदमा महत्वपूर्ण योगदान पुर्‍याएका दाताहरूको योगदानको सम्मान स्वरूप उनीहरूको नाम विशेष शिलालेखमा समेट्ने प्रक्रिया सुरु गरेका छन्।

नेपाल शेर्पा संघका उपाध्यक्ष तथा संयोजक तेन्जी शेर्पाका अनुसार १ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने दाताहरूको फोटो समेत नेपाल शेर्पा संघको बैठक हलमा स्थायी रूपमा राखिनेछ।

नेपाल शेर्पा संघले भवन खरिद देखि सभा हल निर्माण जस्ता संरचनात्मक परियोजनाहरूमा समुदायको सहकार्यमा ठोस प्रगति गर्दै आएको छ।

नेपाल शेर्पा संघले शिलालेख मार्फत योगदानकर्ताहरूको सम्मान गर्नुले आगामी दिनमा समाजसेवामा थप दाताहरूलाई प्रेरित गर्नेछ।


समाजसेवी तेन्जी शेर्पा

प्रतिक्रिया

सम्बन्धित खवर