
शेर्पा सञ्चार समूह नेपालको कार्यवाहक अध्यक्षमा डोल्मा शेर्पा चयन भएकी छन्।
केन्द्रीय कार्यालय काठमाण्डौको नारायणटारमा शनिबार बसेको शेर्पा सञ्चार समूह नेपालको बैठकले कार्यवाहक अध्यक्षमा डोल्मा शेर्पालाई चयन गरेको हो।
कार्यवाहक अध्यक्ष शेर्पा यस अघि शेर्पा सञ्चार समूह नेपालको महासचिवको भूमिकामा थिइन्।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिका-८ ओख्रेनीकी डोल्मा शेर्पा विगत ६ बर्ष देखि ईण्डिजिनियस टेलिभिजनमा कार्यरत छिन्।
कार्यवाहक अध्यक्ष शेर्पाले त्रिभुवन विश्व विद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गरेकी छन्।
शेर्पा सञ्चार समूह नेपाल पत्रकारिता क्षेत्रमा क्रियाशील शेर्पा सञ्चारकर्मीहरुको संस्था हो। यस संस्थाले आम सञ्चार क्षेत्रमा लाग्न चाहने शेर्पाहरुलाई पत्रकारिता सम्बन्धी विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ।
त्यस्तै शेर्पा सञ्चार समूह नेपालले शेर्पा युवाहरुलाई लक्षित गरी नेपाली तथा शेर्पा भाषामा उद्घोषण तालिमहरु पनि सञ्चालन गर्दै आएको छ।