वि.नि.प्र.प्र. सेवकाई नेपालको आयोजनामा नेपाली इसाईहरुले क्रिसमस डे मनाइएको छ।
येशुको जन्मोत्सव अर्थात क्रिसमसको उपलक्ष्यमा बुधबार काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल स्थित मुलपानी डाँडाको खारेमा अवस्थित स्वतन्त्र विश्वव्यापी मण्डलीमा सेवकाई नेपालको आयोजनामा क्रिसमस मनाइएको हो।
वि.नि.प्र.प्र. सेवकाई नेपालका प्रमुख समेत रहेका अन्तराष्ट्रिय वक्ता रेभरेन्ड पास्टर डा. चेत बहादुर खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा शुभकामना आदन-प्रदान, प्राथना, विभिन्न सांस्कृतिक प्रस्तुतिहरु र प्रेमभोज गरी क्रिसमस डे उत्सव मनाइएको हो।
डा. खरेलका अनुसार स्वतन्त्र विश्वव्यापी इसाई नारी पुरुष एकता प्राथना समूह र विनिप्रप्र सेवकाई नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।
अन्तराष्ट्रिय वक्ता रेभरेन्ड पास्टर डा. चेत बहादुर खरेलले कार्यक्रमलाई सम्बोधन गर्दै अतिथि तथा विश्वासीहरुलाई धन्यवाद दिँदै शुभकामन दिए। डा. खरेलले मेरी क्रिसमसका साथै नयाँ वर्ष सन २०२५ को शुभकामना दिएको हो।
सो अवसरमा डा. खरेलले येशू क्रिष्ट उद्धारकर्ता र मुक्तिदाता भएको बताए। धर्मले अरुको सेवा गर्न सिकाउने बताउदै डा. खरेलले येशूलाई विश्वास गर्नु भनेको धर्म परिवर्तन नभई जीवन परिवर्तन भएको बताए।
वि.नि.प्र.प्र. सेवकाई नेपालकी गुरुआमा सीता खरेलले कार्यक्रममलाई सम्बोधन गर्दै भर्खरै सम्पन्न थाइल्याण्ड र पाकिस्तानको यात्रा अनुभव र सेवाको बारेमा जानकारी दिएकी थिइन्।
कार्यक्रममा वि.नि.प्र.प्र. सेवकाई नेपालको विभिन्न अभियानहरूमा योगदान दिने लक्स लिम्बु र ज्ञान बहादुर गुरुङलाई सम्मान गरिएको थियो।
क्रिसमस विश्वभरका इसाई धर्मालम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा विशेष उल्लासका साथ मनाइने पर्व हो। क्रिसमस प्रत्येक वर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन मनाइन्छ।
