युनिकोड    राशिफल       TashiTelevision                     

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौको निर्माणधिन गुम्बाको लागि समाजसेवी पेम्बा टाक्तोक शेर्पाले  ५ लाख ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

संयुक्त राज्य अमेरिका न्यूयोर्क निवासी पाँचपोखरी थाङपाल गाँउपालिका-८ ओख्रेनीका समाजसेवी शेर्पाले  उक्त आर्थिक सहयोग प्रदान गरेको हो।

गुम्बा भवन निर्माण समितिका प्रचार प्रसार प्रमुख पेम्बा ग्याल्जेन शेर्पाका अनुसार सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौका पूर्व उपाध्यक्ष समेत रहेका समाजसेवी शेर्पाले मंगलबार सो आर्थिक सहयोग प्रदान गरेको हो।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले पेम्बा टाक्तोक शेर्पा र तेन्जी शेर्पा दम्पतीलाई निर्माणधिन गुम्बाको लागि आर्थिक सहयोग प्रदान गरेकोमा  धन्यवाद व्यक्त गरेको छ।

यो संगै सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले निर्माणधिन गुम्बाको लागि हाल सम्म ८८ लाख ४७ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ।

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले गत असार १४ गते शुक्रबार गुम्बा निर्माण आर्थिक समितिका संयोजक लाक्पा ठिलेन शेर्पा ‘हिमाली कान्छा’ को प्रमुख आतिथ्यतामा आर्थिक संकलन कार्यक्रमको आयोजना गरेको थियो।

सो कार्यक्रम बाट  सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौले ८३ लाख ४७ हजार रुपैयाँ नगद सहयोग संकलन गरेको थियो।

पेम्बा टाक्तोक शेर्पा र तेन्जी शेर्पा दम्पती

सिन्धुपाल्चोक शेर्पा समाज सेवा-काठमाण्डौको कार्यक्रमलाई सम्बोधन गर्दै लाक्पा ठिलेन शेर्पा ‘हिमाली कान्छा’

प्रतिक्रिया

सम्बन्धित खवर