काठमाण्डौको जगडोलमा शान्ति स्तूपा निर्माण भएको छ। शेर्पा हाइड्रोका अध्यक्ष समेत रहेका नेपाल शेर्पा संघका उपाध्यक्ष तेन्जी शेर्पाको लगानीमा उक्त स्तूपा निर्माण भएको हो।
जगडोल सामुदायिक वनमा निर्माण भएको सो स्तूपाको लागि तेन्जी शेर्पाले १५ लाख रुपैयाँ खर्चिएका छन्।
जेठ १० गते बुद्ध जयन्तीको अवसरमा पूर्व मन्त्री कृपासुर शेर्पाको उपस्थितिमा तोलका कुश्या रिन्पोछे द्वारा नव निर्मित स्तूपाको प्राण प्रतिष्ठान गरिएको छ।
स्तूपा निर्माण गर्ने शेर्पा हाइड्रोका अध्यक्ष तेन्जी शेर्पाका अनुसार जेठ १० गते सो स्तूपाको निर्माण सम्पन्न भएको हो।

शेर्पा हाइड्रोका अध्यक्ष तेन्जी शेर्पाले टाशी टेलिभिजन संग प्रतिकृया दिंदै २ महिना लगाएर निर्माण भएको शान्ति स्तूपालाई ध्यान केन्द्रको रुपमा विकास गर्दै लाने बताएको छ।
यज्ञडोल जगडोल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले स्तूपा निर्माण गर्ने तेन्जी शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्तूपाको निर्माण शान्ति प्रवर्द्धनको कार्य भएको बताए।
स्तूपा परिसरमा शेर्पा समाज नेपाल लगायत विभिन्न संघ संस्थाले सरसफाई गरी वृक्षारोपण गरेका छन्।
वातवरण दिवसको अवसर पारेर धुपी, आँप लगायत १ सय ५० भन्दा बढी विरुवाहरु रोपेर २ दिने वृक्षारोपण कार्यक्रम गरेका हुन्।












