
शेर्पा संघ अमेरिकाले विगत झै यस पटक पनि लोसारको विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
मार्च १७, आइतबार अमेरिकाको न्यूयोर्कमा नेपाली कन्सुलेट न्यूयोर्ककी बाणिज्यदूत विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघसस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले नेपालीहरुको महान चाड लोसारको शुभकामना दिँदै न्यूयोर्क कन्सुलेटले वितरण गदै आएको राहदानीको बारेमा नयाँ जानकारी दिएकी थिइन।
कार्यक्रममा विशेष अतिथिको रुपमा धर्म गुरु लोपोन गिर्मी छोढक, विश्व शेर्पा संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, जनजाति महासंघ फिप्नाका अध्यक्ष तोरण बहादुर गुरुङ, शेर्पा किदुगका अध्यक्ष ईन्जिनियर तेम्बा शेर्पा, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्हाङ, दुजोम धर्म हाउसका अध्यक्ष छोङबा शेर्पा, हामी नेपाली ग्लोबलका अध्यक्ष शोभाकान्त पाण्डे, खुम्बु पासाङल्हामु समाजका अध्यक्ष आङ गेल्जेन शेर्पा, दोलखा श्यामा शेर्पा समाजका अध्यक्ष दावा कर्मा शेर्पा, इन्द्रावती गाँउपालिकाका पूर्व प्रमुख बंशलाल तामाङ, तमु परिवारका अध्यक्ष मनिता गुरुङले शुभकामना मन्तव्य राखेका थिए।
त्यस्तै शेर्पा संघ अमेरिकाका सल्लाहकारहरु फुरी शेर्पा, फरादेण्डी लामा शेर्पा, नुर्बु शेर्पा, आङछिरिङ शेर्पा, संरक्षक समितिका सदस्यहरु आङटेन्डी शेर्पा, डोल्मा शेर्पा र छिरिङ गर्जा शेर्पाले लोसार कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा लगोडिया विमानस्थलमा टयाक्सीमा आगोलागी हुँदा आगो निभाएर विमानस्थलाई ठूलो आगजनि बाट जोगाएर योगदान गरेबापत शेर्पा किदुगको ट्रष्टी कमिटिका संयोजक ल्हाक्पा रिन्जी शेर्पालाई शेर्पा संघ अमेरिकले खादा र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो।
त्यस्तै मिस मंगोल नेपाल पासाङ डोल्मा शेर्पालाई पनि शेर्पा संघ अमेरिकाले सम्मान गरिएको थियो।
दोश्रो चरणमा भर्खरै सम्पन्न विश्व शेर्पा संघको कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुलाई शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी लामा शेर्पाले खादा लगाइ बधाई तथा शुभकामना दिएको थियो।
उक्त अवसरमा विश्व शेर्पा संघले निर्माण गरेको शेर्पा भाषा एपको पनि अमेरिकाको लागि विधिवत रुपमा उद्घाटन गरी सञ्चालनमा ल्याएको थियो।
उक्त एप धर्मगुरु गिर्मी छोढक, बाणिज्यदूत अधिकारी, विश्व शेर्पा संघका पदाधिकारीहरु र शेर्पा संघ अमेरिकाले संयुक्त रुपमा उद्घाटन गरिएको थियो।
‘शेर्पा जातिको भाषा, धर्म र सस्कृतिको संरक्षणको लागि संघले निर्माण गरेको एप अमेरिकामा विधिवत रुपमा सुरु भएको जानकारी गराउन पाउदा खुसी लागेको छ ‘विश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले बताए।
संघले एप संगै बुद्धगयामा शेर्पाको धर्मशाला निर्माणको थालनि गरिसकेको महासचिव शेर्पाले बताए।
कार्यक्रमको अन्तमा नेपालमा लामो समयदेखिन डीजे गदै आएका डीजे तेन्जिङको सगरमाथा आरोहण सफलताका कामना गर्दै शेर्पा संघ अमेरिकाको अध्यक्ष एपी लामा शेर्पाले संघको झण्डा हस्तान्तरण गरी विदाई गरेका थिए।
सर्वोच्च शिखरमा शेर्पा संघ अमेरिकाको झण्डा लैजान लागेको डिजे तेन्जिङ बताए। नेपालको पहिलो डीजे समेत रहेका उनको अभियानलाई संघले आर्थिक सहयोग गर्ने भएको छ।
कार्यक्रममा पासाङल्हमु शेर्पा, छेकी शेर्पा र कुन्साङ शेर्पाले शेर्पा स्वागत गीत गाएका थिए।
कार्यक्रममा शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी लामा शेर्पाले लोसारको शुभकामना दिदै अमेरिकी राजनीतिक मूलधारमा प्रवेश गर्नका लागि मतदाता नामवलीमा नाम लेखाई सहयोग गर्न आग्रह गरेका थिए।
‘हामी यो मुलुकमा छौ, अब यहाको राजनीतिको मूलधारमा प्रवेशको लागि अमेरिकाको जुनै स्ट्रेटमा बस्नु भएपनि सम्पूर्ण नेपाली आमा-बुवा, दाजु-भाई, दिदी-बहिनीले भोटर लिष्टमा नाम लेखाउ र सकेको सहयोग गरौं भन्ने अनुरोध पनि गर्दछु’ अध्यक्ष एपी लामा शेर्पाले भने।
कार्यक्रम संघको महासचिव छिरिङ शेर्पाले सञ्चालन गरेका थिए भने उपस्थित अतिथिहरुलाई संघको उपाध्याक्ष दाजिमा शेर्पाले स्वागत मन्तव्य दिएकी थिइन्।