नेपाली सांगीतिक बजारमा पल्मु शेर्पा र दावा लामा शेर्पाको स्वरमा रहेको नयाँ गीत मकालु शेर्पा गाँउको म्यूजिक भिडियो/भिडिओ सार्वजनिक भएको छ। गायिका पल्मु शेर्पाको यूट्यूब च्यानल ‘Palmu Sherpa Official’ मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो।
जीवन बम्जनको शब्द र संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ। सर्जुन राईले निर्देशन गरेको म्यूजिक भिडियोमा पर्यटन व्यवसायी तथा पर्वतारोही लाक्पा शेर्पा, मिस मंगोल नेपाल पासाङ डोल्मा शेर्पा, कलाकार डोल्मा शेर्पा र गायक दावा लामा शेर्पाको अभिनय रहेको छ।
पर्यटन व्यवसायी तथा पर्वतारोही लाक्पा शेर्पा र गायिका पल्मु शेर्पा
म्यूजिक भिडियोमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका स्थित आमाछोमेन अर्थात भैरवकुण्ड, बगाम र छगाम गाँउमा छायाँकन गरिएको दृश्यहरु रहेका छन्।
आफू जन्मे हुर्केको गाँउ तथा त्यहाँको संस्कृति प्रवर्द्धन गर्नको लागि म्यूजिक भिडियो निर्माण गरेको गायिका पल्मु शेर्पाको कथन रहेको छ।
यस म्यूजिक भिडियोमा ‘8K Expedition’का सञ्चालक समेत रहेका पर्यटन व्यवसायी तथा पर्वतारोही लाक्पा शेर्पाको सशक्त अभिनय रहेको छ।
पर्वतारोहण क्षेत्रमा अन्तराष्ट्रिय छवि बनाउन सफल पर्यटन व्यवसायी शेर्पा १२ पल्ट सगरमाथा आरोहण गरिसकेका आरोही हुन्। त्यस्तै पर्वतारोही शेर्पाले पाकिस्तानको केटु हिमाल ३ पटक आरोहण गरिसकेका छन्।
हिमाल चढ्ने र चढाउने लाक्पा शेर्पा म्यूजिक भिडियोहरुमा अभिनय मात्रै होइन निकट भविष्यमा नेपाली सिनेमा निर्माण गर्ने सोचमा रहेको बताँउछन्।
पछिल्लो समयमा गायिका पल्मु शेर्पाले एक पछि अर्को गुणस्तरीय म्यूजिक भिडियोहरु सार्वजनिक गरिरहेकी छन्। यस अघि लोसार मेला, नाच्देऊ मैच्याङ तिमी डम्फुको तालैमा, हिमाली छोरी लगायत विभिन्न म्यूजिक भिडियोहरु सार्वजनिक गरेकी गायिका शेर्पा त्यो माथि डाँडैमा नामक म्यूजिक भिडियो सार्वजनिक गर्ने तयारीमा छन्।
गायिका पल्मु शेर्पा सौन्दर्य कला व्यवसायी हुन्। नुमुज व्यूटी एण्ड स्किन केयरकी सञ्चालिका समेत रहेकी गायिका पल्मु शेर्पा समाजसेवी र व्यूटीसियनको रुपमा परिचित छिन् । गायिका शेर्पा शेर्पा कलाकार संघ नेपालकी कोषाध्यक्ष हुन् ।
प्रस्तुत छ गायिका पल्मु शेर्पाले लोसारको अवसरमा आम दर्शकका लागि सांगीतिक कोसेलीको रुपमा सार्वजनिक नयाँ म्यूजिक भिडियो मकालु शेर्पा गाँउको विषयमा केन्द्रित भई गायिका पल्मु शेर्पा, पर्यटन व्यवसायी तथा पर्वतारोही लाक्पा शेर्पा र गायक दावा लामा शेर्पा संग गरिएको संक्षिप्त संवाद:




