चलचित्र निर्माता तथा कलाकार फरादेण्डी लामा शेर्पाले युनाइटेड शेर्पा एसोसिएशन ‘शेर्पा किदुग अमेरिका’लाई दाहिने शंख प्रदान गरेको छ।
अमेरिकाको स्थानीय समय अनुसार डिसेम्बर २३ तारिखको दिन शनिबार बेलुका ५ बजे कलाकार शेर्पाले शेर्पा किदुग अमेरिकाका अध्यक्ष ईन्जिनियर तेम्बा शेर्पालाई अति दुर्लभ दाहिने शंख प्रदान गरेको हो।
कलाकार शेर्पाले दाहिने शंख संगै नेपाली भाषामा अनुवादित १ ठेली आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता ‘ग्यातोङपा’ र भारतको बोधगया बाट ल्याएको १ थान बुद्ध वस्त्र समेत शेर्पा किदुग अमेरिकालाई प्रदान गरेको छ।
नेपाली भाषामा अनुवादित १ ठेली आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता ‘ग्यातोङपा’ शेर्पा किदुग अमेरिकाका अध्यक्ष ईन्जिनियर तेम्बा शेर्पालाई प्रदान गर्दै कलाकार फरा देण्डी लामा शेर्पा
कलाकार शेर्पाले यूनाटेड शेर्पा एसोसिएशन ‘शेर्पा किदुग अमेरिका’को गुम्बालाई दिएको दाहिने शंख अति दुर्लभ पूजा सामग्री हो।
शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिने शंख बहुमूल्य हुन्छ। लाखौं शंखमा दाहिने शंख एउटा मात्र पाइने विश्वास गरिन्छ।
अष्टमंगलको द्रव्यहरु मध्येको एक दाहिने शंख बुद्वको ध्वनिको प्रतीकको रुपमा लिइन्छ। अर्थात् दाहिने घुमेको शंखले बुद्वको वचनलाई इंगित गर्दछ।
दाहिने शंखको ध्वनिले तीन त्रिलोक, १४ भुवनको जति पनि प्राणीहरु छन् तिनिहरुको हित गर्ने धार्मिक विश्वास रहेको छ।
अमेरिकामा रहेका नेपाली समुदायमा सबै भन्दा सङ्गठित र बलियो मानिएको शेर्पा समुदायमा युनाइटेड शेर्पा एसोसिएशन ‘शेर्पा किदुग अमेरिका’ महत्वपूर्ण संस्था हो।
युनाइटेड शेर्पा एसोसिएशन ‘शेर्पा किदुग अमेरिका’
युनाइटेड शेर्पा एसोसिएशन ‘शेर्पा किदुग अमेरिका’को गुम्बामा बौद्ध धर्म गुरुहरु नाम्खा ञिङपो रिन्पोछे, सांगे राङज्युङ रिन्पोछे र दुजोम रिन्पोछेले विभिन्न धार्मिक कार्यक्रमहरु सम्पन्न गरेका छन्।
गुम्बामा पटक-पटक बज्रगुरुको वाङ, दूई पल्ट काङ्ग्युरको पूर्णपाठ लगायत धार्मिक कार्यक्रमहरु भएका छन्।
दाहिने शंख र बुद्व वस्त्र शेर्पा किदुग अमेरिकाका अध्यक्ष ईन्जिनियर तेम्बा शेर्पालाई प्रदान गर्दै कलाकार फरा देण्डी लामा शेर्पा
शेर्पा संघ अमेरिकाका संस्थापक सदस्य र सल्लाहकार, शेर्पा किदुग अमेरिकाको आजीवन सदस्य, चलचित्र निर्माता तथा कलाकार समेत रहेका संयुक्त राज्य अमेरिका न्यूयोर्क निवासी काठमाण्डौ बौद्धका फरा देण्डी लामा शेर्पाले विभिन्न धार्मिक परियोजनाहरुमा सहयोग गर्दै आइरहेको छ।
कलाकार शेर्पाले यस अघि भोजपुर जिल्लाको पानीट्यङ्कीमा २४ फिट अग्लो ज्याङछुव स्तूपा समेत निर्माण गरेका थिए।
