
२७ असोज, काठमाडौं ।
आसन्न मंसिर ४ गते हुने निर्वाचनका लगि मालपोत कार्यालय चावहिल काठमाण्डौका अधिकृत निमा तेन्जिङ शेर्पाले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। मालपोत कार्यालय चावहिलका अधिकृत शेर्पाले सरकारी जागिर बाट राजिनामा दिएर ईलाम क्षेत्र नम्बर-१ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। असोज १० गते राजिनामा स्वीकृत गराएर असोज २३ गते शेर्पाले प्रतिनिधि सभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्।
गठबन्धनको उम्मेदवार नेकपा एकिकृत समाजवादी नेता झलनाथ खनाल विरुद्ध शेर्पाले उम्मेदवारी दिएका हुन्। ईलाम क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनका तर्फ बाट नेकपा एकिकृत समाजवादीका झलनाथ खनाल, नेकपा एमाले बाट महेश बस्नेत राजनीतिक दलका तर्फ बाट उम्मेदवार छन् भने निमा तेन्जिङ शेर्पा सहित ३ जना स्वतन्त्र उम्मेदवारहरु छन् । स्वतन्त्र उम्मेदवार निमा तेन्जिङ शेर्पाले चुनाव चिन्ह क्रस खुकुरी पाएका छन् ।
ईलामको विकासको लागि प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताउने शेर्पा ३३ वर्षे लामो निजामति सेवामा योगदान दिएका राष्ट्र सेवक हुन्।
प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार निमा तेन्जिङ शेर्पा र चुनाव चिन्ह क्रस खुकुरी