नेपाल बुद्ध धर्म सेवा संघको आठौं महाधिवेशन सम्पन्न भएको छ। शनिबार काठमाण्डौको स्वयम्भूमा सम्पन्न संघको आठौं महाधिवेशन मार्फत अमृत कुमार खड्काको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निम्तो शेर्पा रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा देवी बहादुर बुढाथोकी, द्धितीय उपाध्यक्षमा फुर्वा शेर्पा, तृतीय उपाध्यक्षमा छिरिङ वाङदे शेर्पा, चौथो उपाध्यक्षमा दावा शेर्पा, पाँचौ उपाध्यक्षमा मुके शेर्पा र छैटौं उपाध्यक्षमा देव कुमार लामा घिसिङ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा निमा ओमु शेर्पा निर्वाचित भएकी छन्। त्यस्तै महासचिवमा शोनुर्वु शेर्पा रहेका छन् भने सचिवमा आङ दोर्जे शेर्पा र सहसचिवमा लाक्पा छोयफेल गुरुङ रहेका छन्। कोषाध्यक्षमा ठिलेन शेर्पा रहेका छन्। सदस्यहरुमा आङ छिरिङ शेर्पा, कामी शेर्पा, लाक्पा छोङ शेर्पा, दाजाङबु शेर्पा, जयाङ शेर्पा, मावङ दोर्जे शेर्पा, ङिमा शेर्पा, लाक्पा वान्दी शेर्पा, छिरिङ शेर्पा, ङिमा शेर्पा, पेसाङ शेर्पा, पेमा साङमु शेर्पा, मेन्दो लामा शेर्पा, दावा साङबु शेर्पा, साङ रिञ्जेन शेर्पा, देण्डी शेर्पा, पेम्बा शेर्पा र विनोद शेर्पा निर्वाचित भएका छन्।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष गेशे थुप्तेन जिग्डोल लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकी अध्यक्ष आङ डोमा शेर्पा, स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.का अध्यक्ष छिरिङ शेर्पा, नेपाल लोकतान्त्रिक शेर्पा संघका अध्यक्ष लाक्पा शेर्पा ‘हिमाली कान्छा’, पूर्व राज्य मन्त्री आङ छिरिङ शेर्पा, समाजसेवी फुरिता शेर्पा ‘हिमाली माइला’ लगायतको उपस्थिति रहेको थियो।
