युनिकोड    राशिफल       TashiTelevision                     

सिन्धुपाल्चोकका कर्म छिरिङ शेर्पाले नेपाल शेर्पा विद्यार्थी संघको आसन्न राष्ट्रिय महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवार कर्म छिरिङ शेर्पाले “आजको नेतृत्व, भोलिको शेर्पा भविष्य” भन्ने मूल नारासहित संघलाई सशक्त र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले शेर्पा विद्यार्थीहरूको हकहित, पहिचान, शिक्षा तथा नेतृत्व विकासका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

संघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कर्म छिरिङ शेर्पा लामो समयदेखि विद्यार्थीको हकहित, संगठन निर्माण र नेतृत्व विकासका लागि क्रियाशील छन्।

नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय सदस्य हुंदै, एक कार्यकाल सह-कोषाध्यक्षको अनुभव बटुलीसकेका कर्म छिरिङ  संघको वर्तमान उपाध्यक्ष समेत हुन्।

सामाजिक गतिविधिमा निरन्तर सक्रियताका कारण शेर्पा युवा विद्यार्थीहरु माझ कर्म छिरिङ परिचित छन्।

नेपाल शेर्पा विद्यार्थी संघको राष्ट्रिय महाधिवेशन माघ ३ गते काठमाडौंको शेर्पा पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रम रहेको छ। सो महाधिवेशन मार्फत संघको नयाँ केन्द्रीय समिति चयन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर