युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल शेर्पा विद्यार्थी संघको १५ औँ राष्ट्रिय महाधिवेशनमा फुर्बा ङिमा शेर्पाले केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

संघलाई सशक्त, पारदर्शी र विद्यार्थीमुखी बनाउने स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी दिएका शेर्पाले संगठनप्रति निष्ठा, इमानदारी र संगठनात्मक क्षमतालाई आफ्नो मुख्य आधार बनाएको बताएका छन्।

लामो समयदेखि शेर्पा विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका शेर्पाले विद्यार्थीको हकहित, अवसरमा समान पहुँच तथा नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले नेपाल शेर्पा विद्यार्थी संघलाई शेर्पा समुदायका विद्यार्थीहरूको साझा आवाजका रूपमा अझ अनुशासित, गतिशील र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन्।

देशभर रहेका शेर्पा विद्यार्थीहरूलाई एकताबद्ध गर्दै शिक्षा, क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा अधिकारका मुद्दामा सशक्त रूपमा अघि बढ्ने उम्मेदवार शेर्पाको प्रतिवद्धता रहेको छ।

साथै, संगठनभित्र सुशासन, पारदर्शिता र सामूहिक नेतृत्वलाई मजबुत बनाउने प्रतिबद्धता जनाउँदै शेर्पाले सम्पूर्ण प्रतिनिधि, मतदाता तथा शेर्पा विद्यार्थीहरूलाई आफूलाई अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्।

नेपाल शेर्पा विद्यार्थी संघको १५ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ, जसलाई शेर्पा विद्यार्थी आन्दोलनको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर