युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल शेर्पा विद्यार्थी सङ्घको १५औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदका प्रत्याशी पेम्बा ग्याल्छेन शेर्पाले आफ्ना एजेन्डाहरू सार्वजनिक गरेका छन्। उनले संगठन सुदृढीकरण, शिक्षाको पहुँच विस्तार, नेतृत्व विकास तथा भाषा–संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेका छन्।
उनका एजेन्डामा केन्द्र देखि क्याम्पस तहसम्म संरचना मजबुत बनाउने, दुर्गम हिमाली क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सहयोग, नेतृत्व विकास तालिम, रोजगारी तथा करिअर मार्गदर्शन कार्यक्रम समावेश छन्। साथै डिजिटल ‘NSSA’ अभियान, अन्तर्राष्ट्रिय समन्वय, जलवायु परिवर्तन र नीति–निर्माण तहमा विद्यार्थी आवाज सशक्त बनाउने योजना एजेन्डामा समावेश गरेका छन्।
सगरमाथा आरोही समेत रहेका पेम्बा ग्याल्छेन शेर्पा ‘आङ पेम्बा’ले नेपाल शेर्पा विद्यार्थी सङ्घका वर्तमान महासचिव हुन्। नेपाल शेर्पा विद्यार्थी सङ्घको १५ औँ राष्ट्रिय महाधिवेशन माघ ३ गते काठमाण्डौमा हुनेछ।

पेम्बा ग्याल्छेन शेर्पाका एजेन्डाहरू
(क) संगठन सुदृढीकरण र संस्थागत विकास
• केन्द्रीय, प्रदेश, जिल्ला र क्याम्पस तहसम्म सङ्घको संरचना सुदृढ बनाउने
• निष्क्रिय समिति पुनःसक्रिय गर्ने र नयाँ इकाइ विस्तार
• संगठन सञ्चालनमा पारदर्शिता, उत्तरदायित्व र विधिसम्मतता सुनिश्चित
(ख) शिक्षा पहुँच र गुणस्तर अभिवृद्धि
• दुर्गम हिमाली क्षेत्रका शेर्पा विद्यार्थीहरूको लागि विशेष शैक्षिक सहयोग कार्यक्रम
• उच्च शिक्षा (मेडिकल, इन्जिनियरिङ, लोकसेवा, अनुसन्धान) मा तयारी कक्षा सञ्चालन
(ग) नेतृत्व विकास र क्षमता अभिवृद्धि
• विद्यार्थी नेताहरूका लागि ‘Leadership Training, Debate, Public Speaking’ कार्यक्रम
• नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने ‘Mentorship Program’
(घ)भाषा, संस्कृति र पहिचान संरक्षण
• शेर्पा भाषा, लिपि, संस्कृति र इतिहास संरक्षणका लागि शैक्षिक कार्यक्रम
• विद्यालय/क्याम्पस स्तरमा सांस्कृतिक अभियान सञ्चालन
(ङ) रोजगारी र करिअर मार्गदर्शन
• ‘Career Counseling, Skill Development’ तालिम
• रोजगारदाता संस्था र शेर्पा व्यवसायीहरूसँग नेटवर्किङ
भावी दिनमा गर्नुपर्ने मुख्य नयाँ कार्य एजेण्डाहरू
(क) डिजिटल ‘NSSA’ अभियान
• सङ्घको डिजिटल डाटाबेस (विद्यार्थी प्रोफाइल, छात्रवृत्ति सूचना)
• Website, Mobile App, Online Membership System
(ख) अन्तर्राष्ट्रिय समन्वय
• विदेशमा अध्ययनरत शेर्पा विद्यार्थीहरूसँग ‘Global Sherpa Student Network’
• अन्तर्राष्ट्रिय छात्रवृत्ति र ‘Exchange Program’ खोजी
(ग ) जलवायु परिवर्तन र हिमाली मुद्दा
• हिमाल, पर्यटन र जलवायु परिवर्तनमा शेर्पा समुदायको भूमिकाबारे विद्यार्थी अभियान
• अनुसन्धान र Advocacy कार्यक्रम
(घ) नीति–निर्माणमा विद्यार्थी आवाज
• शिक्षा नीति, आदिवासी जनजाति अधिकार, आरक्षण विषयमा स्पष्ट धारणा
• राज्यसँग प्रत्यक्ष संवाद गर्ने ‘Student Policy Forum’

प्रतिक्रिया

सम्बन्धित खवर